एसएलसीको जात्रा

काठमाडौ, ७ चैत । मङ्गलबार सुरु एसएलसी परीक्षा दिदादिदै रुकुममा दुई परीक्षार्थी सुत्केरी भएका छन् । कतै चिट चोराउन नपाएको भन्दै अभिभावकले नै ढुङ्गामुढा गरेका छन् भने कतै नक्कली परीक्षार्थी र चिट चोराउने व्यक्ति प्रहरीको फन्दामा परेका छन् । सप्तरीमा परीक्षा दिन नपाएको आक्रोशमा प्रधानाध्यापकमाथि आक्रमण भएको छ ।
परीक्षा दिदादिदै सुत्केरी
रुकुमको तकसेरास्थित परीक्षा केन्द्रमा परीक्षा दिदादिदै एक परीक्षार्थीले बच्चा जन्माएकी छन् । प्रश्नपत्र बाडेलगत्तै प्रसूति व्यथाले च्यापेकी रेसा घर्तीले छोरा जन्माएकी हुन् । शिशु जन्मेको आधा घन्टापछि नै घर्ती पुनः परीक्षामा सहभागी भएकी थिइन् । उनलाई अरू परीक्षार्थीलाई भन्दा एक घन्टा बढी समय उपलब्ध गराइएको थियो । रुकुमकै प्वाङ परीक्षा केन्द्रमा सहभागी कविता विकले परीक्षा हलमै छोरी जन्माइन् । स्वास्थ्य अवस्था कमजोर भएपछि उनको परीक्षा भने सहयोगीले दिएको सिडिओ कृष्णप्रसाद अधिकारीले बताए ।

त्यसैगरी, परीक्षामा अमर्यादित व्यवहार गरेको भन्दै रुकुममा एक शिक्षकसहित तीन विद्यार्थी निष्काशनमा परेका छन् ।

परीक्षा दिन नपाएपछि प्रअमाथि आक्रमण

सप्तरीको कुपहीस्थित जनता मावि परीक्षा केन्द्रमा परीक्षा दिन नपाएको भन्दै छिन्नमस्ता–५ का सनोजकुमार यादवसहित उनका साथीले प्रधानाध्यापक बद्रीनारायण चौधरीमाथि आक्रमण गरेका छन् । परीक्षा फारम भर्न ढिलाइ भएपछि शिक्षा कार्यालयका परीक्षा शाखाका वीरेन्द्र चौधरी र प्रअ चौधरीले ‘मिलाएर फारम भरिदिने’ भन्दै तीन हजार रुपिया लिए पनि काम नगरेको आरोप यादवले लगाएका छन् । चौधरी र यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सप्तरीकै वभनगामा कट्टी परीक्षा केन्द्रका निरीक्षक रामकुमार यादव र लिटिल ङ्खलावर परीक्षा केन्द्रका निरीक्षक बरुणकुमार देव कारबाहीमा परेका छन् ।
सालीलाई सहयोग गर्दा फन्दामा

एसएलसी परीक्षामा सालीलाई सहयोग गर्न आएका धनगढी–४ का जीवन चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । सिस्वाबेल्ही परीक्षा केन्द्रमा सगै बसेर साली रेखा चौधरीलाई सहयोग गरिरहेको अवस्थामा उनी पक्राउ परेका हुन् ।

नक्कली परीक्षार्थीसहित आठ पक्राउ
रौतहटमा पाचजना नक्कली परीक्षार्थीसहित आठ निरीक्षक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ । सिमरा–भवानीपुर केन्द्रमा परीक्षा दि“दै गरेका कालिका मावि वनबहुअरीबाट सहभागी भएका सिम्बोल नम्बर ०३५५९२२ ‘एच’, ०३५५९२३ ‘आई’ र ०३५५९२७ ‘एन’ भएका नक्कली परीक्षार्थी भने प्रहरी देख्नासाथ उत्तरपुस्तिका छाडेर भागेका थिए ।
पाच कैदी परीक्षार्थी
जिल्ला कारागार काभ्रेमा रहेका पाचजना कैदीबन्दी पनि परीक्षामा सहभागी भएका छन् । कैदीबन्दी सञ्जीवनी नमुना परीक्षा केन्द्रमार्फत कारागारबाटै परीक्षामा सहभागी भएका हुन् ।
यस्तै, सल्यानमा दुई कैदीले एसएलसी दिएका छन् । कजेरीको कालिका माविका दुई कैदीले लुहापिङ केन्द्रबाट परीक्षा दिएका हुन् ।
चिट चोराउनेसहित १९ समातिए
धनुषाका विभिन्न केन्द्रबाट अमर्यादित कार्य गरेको आरोपमा १९ जना पक्राउ परेका छन् । तीनजना गार्डसहति चिट चोराउने १६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
नक्कली निरीक्षक निष्काशित
सर्लाहीमा भोला नमुना विद्यालय केन्द्रबाट चिट चोराएपछि शिक्षक रामदेव राउत र रोहुवा प्राथमिक विद्यालयका शिक्षक नन्दलाल महतो निष्काशनमा परेका छन् । सोही केन्द्रमा नक्कली परिचयपत्र लिएर परीक्षामा खटेका रामविनोद महतो पनि निष्काशित भएका छन् । गढहियास्थित जुद्ध माध्यमिक विद्यालय केन्द्रमा परीक्षा दि“दै गरेका नक्कली परीक्षार्थी अभिषेककुमार सिंह पक्राउ परे ।
फोटोकपी मेसिनसहित नियन्त्रणमा
विराटनगरमा चिट फोटोकपी गरेर वितरण गरिरहेका सिसबहनी बडहरा–४ का ३१ वर्षीय नरेश विश्वास र बनिगामा–७ का १८ वर्षीय रवीन चौधरीलाई फोटोकपी मेसिनसहित पक्राउ गरिएको छ । कटहरी–१ स्थित दुर्गा मावि केन्द्रका परीक्षार्थी उमेश राजवंशी चिट चोरेको आरोपमा निस्काशनमा परेका छन् ।
प्रिन्सिपलदेखि निरीक्षकसम्म कारबाहीमा
सुनसरीमा चिट चोराएको आरोपमा एक प्रिन्सिपल, तीन निरीक्षक र एक अवलोकनकर्ता कारबाहीमा परेका छन् । हा“सपोसामा राष्ट्रिय उच्च माध्यमिक विद्यालयका निरीक्षक प्रवीण नेपाल र गोमा आचार्य तथा जनसहयोग उच्च माध्यमिक विद्यालयकी देउकुमारी राई निलम्बनमा परेका हुन् । नक्कली निरीक्षक बनेर चिट चोराउने राकेश राय र परमेश्वर राय पनि पक्राउ परेका छन् । इनरुवास्थित बालमन्दिर केन्द्रबाट प्रिन्सिपल तेजनारायण साहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बाकेमा चिट चोर्न सघाउने दुई निरीक्षकसहित आठ निष्काशित भएका छन् । सहिद स्मारक मावि कम्दी केन्द्रबाट महेशकुमार मौर्य, ओमप्रकाश सि“जाली र गङ्गोत्रीकुमारी वर्मालाई शिक्षा कार्यालयले निष्काशन गरेको हो । यस्तै, भुरभवानी केन्द्र बिनौनाबाट लोकराज चौधरी, कृष्णबहादुर पुनमगर, लक्ष्मी कुमारी थारूलाई निष्काशन गरिएको छ ।
चिट चोराउन नपाएपछि ढुङ्गामुढा
बझाङको सत्यवादी उमावि केन्द्रमा प्रहरीले चिट पास गर्न नदिएको भन्दै आक्रोशित समूहले ढुङ्गामुढा गरेको छ । ढुङ्गामुढा प्रहारबाट परीक्षार्थी निर्मला खड्का घाइते भएकी छन् ।
त्यस्तै, सिन्धुपाल्चोकको भोटेचौरस्थित सरस्वती उच्च मावि परीक्षा केन्द्रमा चिट चोराउन नपाएपछि अभिभावकले केन्द्राध्यक्ष र प्रहरीविरुद्ध नाराबाजी गरेका छन् ।
पाच सय लडाकु परीक्षामा
चितवनको जुटपानीस्थित पृथ्वी उच्च मावि परीक्षा केन्द्रमा माओवादी लडाकुको तेस्रो डिभिजन जुटपानीका पा“च सय लडाकु सहभागी भएका छन् । उनीहरू खुला शिक्षामार्फत परीक्षामा सहभागी भएका हुन् ।
परीक्षाभर शौचालय बन्द
सल्यानमा एसएलसी परीक्षाभर परीक्षा केन्द्रमा रहेका शौचालय बन्द गरिएको छ । विद्यार्थीले शौचालयभित्र गएर परीक्षामा अनियमितता गर्ने भन्दै परीक्षा केन्द्रमा रहेका स्थायी शौचालय परीक्षा अवधिभर बन्द गरिएको हो । परीक्षाभर अस्थायी शौचालय बनाइएको छ ।

एसएलसी दिलाउने भन्दै ठगी

भवानीश्वर गौतम

काठमाडौ, ७ चैत । एसएलसी परीक्षा दिलाइदिने बहानामा काठमाडौमा ६ विद्यार्थी ठगिएका छन् । कोटेश्वरस्थित बाबा एजुकेसन एकेडेमीमा २५ देखि ३० हजार रुपिया तिरेका विद्यार्थीले प्रवेश पत्र नपाएपछि ठगिएको थाहा पाएका हुन् ।
परीक्षा दिन नपाएपछि ६ विद्यार्थीले महानगरीय प्रहरी वृत्त नया“ बानेश्वरमा उजुरी गरेका छन् । संस्थामा १७ विद्यार्थीले अध्ययन गरेकामा ११ जनालाई अन्यत्रबाट एसएलसी दिलाइएको र ६ जनालाई ‘आज–भोलि’ भन्दै ठगेको उनीहरूले आरोप लगाएका छन् ।
पीडित कल्पना शाहका अनुसार एसएलसी दिलाउने ‘ग्यारेन्टी’ गरी फोन गरेर बोलाएपछि उनीहरू त्यहा“ पढेका हुन् । ‘प्राइभेट एसएलसी दिन पाउने भनेर फोन गरेर बोलाएपछि ६ महिना पढ्यौ“,’ उनले भनिन्, ‘अन्तिममा ठग्यो ।’ संस्थाका सञ्चालक वरुण ढकालले  शाह, अञ्जना तमाङ, आस्था मगर, धनकुमारी याख्खा, सिर्जना सुब्बा र बालकृष्ण महतलाई मङ्गलबार बिहान प्रवेशपत्र दिने भनेर फर्काएका थिए । परीक्षा केन्द्रमा पुग्दा उनीहरूले प्रवेशपत्र पाएनन् ।
महानगरीय प्रहरी वृत्त बानेश्वरका डिएसपी वीरबहादुर ओलीले बाबा एकेडेमीबाट ठगिएको भनेर उजुरी परेको बताए । ‘जिशिकामा बुझ्दा पनि संस्था दर्ता नभएको पाइएको छ,’ डिएसपी ओलीले भने, ‘भोलि प्रमाणसहित आउनुस् भनेका छौ“ ।’ ठगीको आरोप लागेका सञ्चालक बरुण ढकाल दोलखामा छन् ।
काठमाडौ“का शिक्षा अधिकारी बैकुण्ठ अर्यालले बाबा एजुकेसन एकेडेमी दर्ता नभएको बताए । प्राइभेट रूपमा एसएलसी दिने व्यवस्था हटाइएको भए पनि एकपटकका लागि प्राइभेट रूपमा पढेका विद्यार्थीलाई खुला विद्यालयमार्फत एसएलसी दिने व्यवस्था गरिएको थियो ।
विद्यार्थी, अभिभावक, निरीक्षक पक्राउ
मङ्गलबारदेखि सुरु भएको एलएलसी परीक्षामा अनियमितता गर्ने विद्यार्थी, निरीक्षक तथा अभिभावकसमेत पक्राउ परेका छन् । केही नक्कली विद्यार्थीसमेत पक्राउ परेका छन् । परीक्षा नियन्त्रण कार्यालयले केही परीक्षा केन्द्रमा अनियमितता गर्नेलाई पक्राउ गरिएको जनाएको छ ।
उपनियन्त्रक अम्बिकाप्रसाद रेग्मीका अनुसार परीक्षामा अनियमितता गर्ने अर्घाखा“चीमा २५ विद्यार्थी र दुई निरीक्षक पक्राउ परेका छन् । त्यसैगरी, सुनसरीमा चार निरीक्षकलाई पक्राउ गरिएको छ । उपनियन्त्रक गणेश ढकालका अनुसार तेह्रथुममा एक, बारामा चार र बा“केमा एक नक्कली विद्यार्थी फेला परेका थिए । मुगुमा अनियमित काम गर्ने ६ अभिभावकलाई पक्राउ गरिएको छ । त्यसैगरी, पर्सामा १५ परीक्षार्थीलाई निष्कासन गरिएको छ । बारामा पत्नीको नाममा पतिले परीक्षा दिएको पाइएको ढकालले बताए ।

प्रतिक्रिया