सात करोडको भ्रष्टाचारमा मुछिएका व्यक्ति समाज कल्याणमा सदस्यसचिव

काठमाडौ, ७ चैत । समाजकल्याण परिषद्का नवनियुक्त सदस्यसचिव रवीन्द्रकुमार यादवमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको रहस्य खुलेको छ । यसअघि सिंचाइमन्त्री महेन्दप्र्रसाद यादवको स्वकीय सचिव हुदा झन्डै सात करोड रुपिया भ्रष्टाचार गरेको विषयमा आयोगले छानबिन अघि बढाएको हो  ।
सदस्यसचिव नियुक्त भएका यादव मन्त्री यादवका सहोदर भाइ हुन् । अख्तियारमा यादवविरुद्ध भ्रष्टाचारका पा“च उजुरी परेका छन् । अख्तियारको अनुसन्धान महाशाखाले सिंचँइ मन्त्रालयमा गत मङ्सिर २५ गते आवश्यक जानकारी उपलब्ध गराउन माग गर्दै पत्र काटेको थियो । यादव त्यसबेला  सिंचाइमन्त्री महेन्द्र यादवको निजी सचिव थिए । पत्रमा यादवले ६ करोड ८५ लाख रुपिया“ भ्रष्टाचार गरेको विषयमा जानकारी दिन भनिएको छ ।
अख्तियारको पत्रमा उल्लेख भएअनुसार यादवले स्वयम् मन्त्रीले कारबाही गरेका व्यक्तिलाई योजना प्रमुख बनाउन १० लाख रुपिया घुस लिएका थिए । त्यस्तै सिंचाइ डिभिजन कार्यालय सप्तरीका कार्यकारी प्रमुखसग मिलेर चन्दामोहन सिंचाइ योजना मर्मत गराउने भन्दै यादवले पँच करोड रुपिया  भ्रष्टाचार गरेका थिए । वाग्मती सिंचाइ योजनाका प्रमुखलाई कारबाहीको धम्की दिएर उनले ५० लाख रुपिया घुस लिएको पत्रमा उल्लेख छ ।
अख्तियारमा उनीविरुद्ध सिक्टा सिंचाइ योजनाको प्रमुख बनाइदिन्छु भनेर एक करोड रुपिया“ मागेको उजुरी परेको छ । त्यस्तै उनले सिंचाइ डिभिजन कार्यालय झापाका कार्यकारी प्रमुखसग ३५ लाख रुपिया घुस लिएको अख्तियारले जनाएको छ  । सिद्धिखोला सिंचाइ योजनामा भएको भ्रष्टाचारमा कारबाही गर्छु भन्दै यादवले प्रमुखसग घुस लिएका थिए ।
दुई वर्षअघि नेपाल विद्युत् प्राधिकरणमा इन्जिनियरका  रुपमा जागिर खाएका उनले प्राधिकरणमा बिजुली चुहावट गरी प्रतिमहिना २० लाख रुपियासम्म जम्मा गरेको भन्दै अख्तियारमा अर्को उजुरी परेको स्रोतले बतायो । स्रोतका अनुसार भ्रष्टाचारका कारण मन्त्री पदबाट राजीनामा दिएका पूर्वशिक्षामन्त्री रामचन्द्र कुशवाहाका स्वकीय सचिव हुदा पनि उनले करोडौं भ्रष्टाचार गरेका थिए ।
पदभारग्रहण
काठमाडौ, समाजकल्याण परिषद्मा उपाध्यक्ष नियुक्त भएका नेपाल प्रहरीका भगौडा प्रहरी नायब निरीक्षक(सई) प्रमोद मेहताले मङ्गलबार पदभार ग्रहण गरेका छन् । महिला, बालबालिका तथा समाजकल्याणमन्त्री दानबहादुर चौधरी र राज्यमन्त्री अरविन्द साहको उपस्थितमिा मेहताले पदभार  ग्रहण गरेका हुन् ।
परिषद्का सदस्यसचिव रवीन्द्रकुमार यादव र कोषाध्यक्ष कुञ्जविहारी चौधरीले पनि पदभार ग्रहण गरेको परिषद्ले जनाएको छ  । समाजकल्याण परिषद् ऐन २०४९ अनुसार उपाध्यक्ष र कोषाध्यक्षमा नियुक्त हुने व्यक्तिले समाजसेवामा विशिष्ट योगदान दिएको हुनुपर्ने व्यवस्था छ तर उपाध्यक्ष मेहता अहिलेसम्म समाजसेवामा लागेको कुनै प्रमाण भेटिएको छैन । परिषद्मा नियुक्तिका लागि मन्त्रिपरिषद्मा सिफारिस गर्नुअघि समाजकल्याण मन्त्रालयले मेहताको सम्पूर्ण विवरण मागेको थियो तर मेहताले विवरणमा आफूले नेपाल प्रहरीमा जागिर खाएको कागजात बुझाएका थिएनन् । उनी तराई मधेस लोकतान्त्रिक पार्टी नेपालका सहअध्यक्ष रामचन्द्र कुशवाहाका ज्वाइ हुन् । (सौस)

प्रतिक्रिया