बिवाद अन्त्यको जिम्मा केन्द्रीय समितिलाई

काठमाडौं, ७ चैत । एकीकृत माओवादीको संस्थापन पक्षले आन्तरिक बिवाद अन्त्यका लागि केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गर्दै आफू पक्षीय केन्द्रीय नेताहरुको भेला सम्पन्न गरेको छ ।

असन्तुष्ट पक्षले प्रधानमन्त्री बाबुराम भट्टराईको राजीनामा र बिगतका पार्टी निर्णय कार्यान्वयनको माग गर्दै आन्दोलन चलाएपछि संस्थापन पक्ष क्रुद्ध बनेको हो । भेलामा पार्टी नीति र भावना विपरित चलेको भन्दै केही सदस्य असन्तुष्त पक्षलाई कारबाही गर्न समेत सुझाव दिएको एक सहभागीले बताएका छन् ।

दुई दिनसम्म ललितपुरको एक होटेलमा चलेको माओवादी संस्थापन पक्षको भेलाले बरिष्ठ उपाध्यक्ष मोहन बैद्य समुहलाई मिलाएरै लैजाने निर्णयपनि गरेको छ । विवाद समाधानका लागि वैद्य पक्षधर नेता सहितको केन्द्रीय समिति बैठक बोलाउने निर्णय भएको प्रवक्ता दीनानाथ शर्माले जानकारी दिए ।

भेलाले दुबै समूहको संयुक्त केन्द्रीय समितिको बैठक बोलाउने जिम्मेवारी अध्यक्ष पुष्पकलम दाहाललाई दिएको छ ।

केन्द्रीय समिति बैठकमा पार्टीभित्र अहिले देखिएको समस्यासँगै शान्ति र संविधान निर्माण प्रकृयाबारेमा पनि छलफल हुने शर्माको भनाई छ । भेलामा आज २५ पोलिटव्युरो सदस्यले धारणा राखेका थिए ।

प्रतिक्रिया