दुई बालकसहित आमाको सामूहिक हत्या

भोजपुर, ७ चैत । भोजपुर जिल्लाको उत्तरी खार्ताम्छा गाविस–१ चाम्लादाङगमा अज्ञात समूहले स्थानीय २ बालक सहित तीनजनाको गएराति सामूहिक हत्या गरेको छ ।

बेलुकाको खाना खाएर सुतेकी ३५ बर्षीय पासाङगलामु शेर्पा, उनका ३ बर्षीय छोरा तेन्जी शेर्पा र स्थानीय लाक्पा शेर्पाका छोरा ९ बर्षीय आङगछिरिङ शेर्पाको मकै पिंस्ने जातोले हानेर सामूहिक हत्या भएको हो ।

खाना खाएर सुतेका तीनैजना अबेरसम्म नउठेपछि स्थानीयबासीले घर खोलेर हेर्दा रगताम्य अवस्थमा तीनैजनाको फेला परेका थिए । उनीहरुको हत्यामा संलग्नता बारेमा कुनै जानकारी प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सई लक्ष्मीकुमार थापाले बताए । मृतक पासाङगलामुका पति भने दुई बर्ष अघिदेखि वैदेशिक रोजगारीका क्रममा साउदी अरेवीयामा छन् ।

सोमबार राति बालक आङगछिरिङ र उनका बाबुआमाले पासाङगलमुको घरमा संगै खाना खाएर छुट्टिएका थिए । बालक आङगछिरिङले बाबआमा संग जान नमानेपछि पासाङगलमुको घरमा सुतेका थिए ।

आज विहान गएर हेर्दा मृतकमध्ये आङगछिरिङको लाश भुईतलामा रहेको खाटमा भेटिएको थियो भने आमा छोरा दुवैको लाश भुईतलाको मझेरीमा रगताम्य अवस्थामा भेटिएको एकीकृत माओवादीका जिल्ला सदस्य ′मादेन′ले बताए ।

प्रतिक्रिया