खोटाङ ताराका प्रतियोगी

खोटाङ जिल्लाका गायन प्रतिभाहरूको साङ्गीतिक प्रतियोगिता खोटाङ ताराको फाइनल राउन्डका लागि छानिएका सातजनाको परिचय क्रमैसाग प्रस्तुत गर्दै जाने क्रममा आज समेटिएका दुई प्रतियोगी यस्ता छन्ः

नामः रेवत राई
गाविसः दोर्पा-१
उमेरः २१ वर्ष
म काठमाडौमा सङ्गीत अध्ययन गरिरहेको विद्यार्थी हुा । प्रतियोगितामा सहभागी हुन काठमाडौबाट खोटाङ पुगी प्रतिस्पर्धामार्फत उत्कृष्ट सातसम्म आइपुगेको छु । थुप्रै साङ्गीतिक प्रतियोगितामा सहभागी भए पनि अहिलेसम्म उपाधि भने चुमेको छैना । यो स्थानसम्म आइपुग्न निकै सङ्घर्ष गरेको छु । यसमा आमा -शोभा राई) ले निकै सहयोग गर्नुभएको छ । म क्लासिकल सङ्गीतको विद्यार्थी भएकाले यस्तै गीत बढी सुन्छु र गाउाछु पनि । प्रतियोगितामा आˆनो प्रतिस्पर्धी म आफैा हुा जस्तो लाग्छ । खोटाङ तारा हुने विश्वासका साथ लागिपरेको छु । उपाधि नजिते पनि साङ्गीतिक क्षेत्रचाहिा छाड्दिना । हारलाई पनि प्रेरणास्रोत मान्नेछु ।
नामः भिम लोहार
गावीसः राजापानी, खामतेल
उमेरः १९ वर्ष
सानै उमेरदेखि साङ्गीतिक यात्रामा दौडिरहेको छु । मलाई गहिराइमै पुगेर सङ्गीतमा रमाउन मन लाग्छ । खोटाङ तारामा सहभागी हुनुभन्दा पहिले स्कुलका प्रोग्राममा निकै सहभागी हुन्थेा । यो स्थानसम्म ल्याइपुर्‍याउन दाजु रामकुमार लोहारले राम्रो सपोर्ट गर्नुभएको छ । प्रायः सबैखाले गीत मन पराउाछु । लोकआधुनिक र आधुनिक गीत विशेष मन पर्छ । उत्कृष्ट सातमा परेपछि मलाई खोटाङ तारा पनि हुन्छुजस्तो लागेको छ । प्रतियोगिता नजिते पनि अरू तरिकाले सङ्गीतमा धेरै मिहिनेत गरिरहेनेछु । आˆनै कमीकमजोरीले असफल भइने हो, त्यसलाई आाैल्याउन सक्नुपर्छ ।

प्रतिक्रिया