‘राज्यमन्त्री यादवलाई कारबाहीको माग’

काठमाडौं, ६ चैत । नेपाल चिकित्सक संघले स्वास्थ्य राज्यमन्त्री सरोजकुमार यादवले वीर अस्पतालमा आईतबार राति देखाएको अभद्र व्यबहारप्रति खेद ब्यक्त गर्दै सत्यतथ्य छानबिनको माग गरेको छ ।

संघका महासचिव डा.भुपेन्द्रकुमार बस्नेतले आज विज्ञप्ती जारी गरेर राज्य मन्त्रीको क्रियाकलापका बिषयमा छानबिनको माग गरेका छन् । राज्यमन्त्री यादवका यस प्रकारका घटनाले अस्पतालबाट प्रदान गरिने स्वास्थ्य सेवा प्रभावित हुन सक्ने साथै आम नागरिकको स्वास्थ्य सेवा उपयोग गर्ने नैसर्गिक अधिकार समेत हनन् हुने भन्दै संघले चिन्ता जनाएको छ ।

घटनाका सम्बन्धमा यथार्थ छानबीन गरी सत्यतथ्य बाहिर ल्याउन र दोषी उपर कारबाही गरी कानूनी राज्यको प्रत्याभूतिको अनुभूति दिलाउन समेत संघले सरकारसँग माग गरेको छ ।

चैत ५ गते राति बीर अस्पतालमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री यादवले मदिरा सेवन गरी आकम्मिक कक्षमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मी, संचारकर्मीमाथी निकृष्ठ दुव्यवहारेको सघंको आरोप छ ।

अस्पतालहरुमा विरामीका आफन्तको नाममा विभिन्न व्यक्तिहरुबाट होहल्ला, तोडफोड तथा हातपात गर्ने जस्ता असोभनिय क्रियाकलाप निरन्तर रुपमा भई रहेका अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आफ्नै केन्द्रिय अस्पतालमा राज्यमन्त्री जस्तो गरिमामय पदमा आसिन व्यक्तिबाटै यस्ता प्रकारका गाली गलौज, दुव्र्यावहार तथा अपशब्द प्रर्दशन गर्नु अत्यन्तै गम्भिर र निन्दनीय कार्य रहेको संघको विज्ञप्तीमा उल्लेख छ ।

घटनाको छानविन गरेर दोषीलाई कारबाही नगरिए बाध्य भएर अप्रिय कदम उठाउन बाध्य हुने संघले चेतावनी समेत दिएको छ ।

प्रतिक्रिया