रोमाञ्चक फाइनलको अपेक्षा

काठमाडौं, ५ चैत । चौथो एसियन फुटबल कन्फेडेरेसन (एएफसी) च्यालेन्जकपमा उत्तर कोरियाले हरेक खेलमा जितको ‘डिजर्भिङ’ प्रदर्शन गरिरहेको छ । फाइनल पुग्ने क्रममा साविक विजेता उत्तर कोरियाले कुनै गोल खाएको छैन भने १० गोल गरेको छ । यसले उसको ‘कन्स्ट्यान्ट’ प्रदर्शनलाई प्रस्ट पार्दछ ।
तर फाइनलसम्म पुगे पनि तुर्कमेनिस्तानको प्रदर्शन भने त्यति सशक्त देखिएको छैन । समूहचरणमा ताजिकिस्तानसँग बराबरी र बाँकी दुई (माल्दिभ्स र प्यालेस्टाइनविरुद्ध) जित हात पारेको तुर्कमेनिस्तानले सेमिफाइनलमा फिलिपिन्सविरुद्ध अन्तिम १० मिनेटमा दुई गोल गरी तुलनात्मक रूपले कठिन जित हात पारेको थियो । उसले यस क्रममा दुई गोल खाएर सात गोल गरेको छ ।
यसरी हेर्दा सोमबार हुने उपाधि भिडन्तमा उत्तर कोरियाको सम्भावना नै प्रबल हुने देखिन्छ । यद्यपि, साँचो कुरा के हो भने तुर्कमेनिस्तान र उत्तर कोरियाबीचको भिडन्त इतिहासमा रोमाञ्चक हुने गरेकाले यस विषयमा ठोकुवा गर्न गाह«ो छ । उत्तर कोरियाविरुद्ध तुर्कमेनिस्तानको प्रदर्शन सशक्त रहँदै आएकाले उपाधि कसले लैजान्छ भनेर यत्तिकै अनुमान लगाउन गाह«ो भएको हो ।
सहभागी भएदेखि नै सानदार प्रदर्शन गरिरहेको तुर्कमेनिस्तानले सन् २०१० मा भएको अघिल्लो संस्करणमा फाइनल यात्रा तय गरेको थियो । उपाधि भिडन्तमा उत्तर कोरियाको सामना गरेको तुर्कमेनिस्तानले यस्तो प्रदर्शन ग¥यो कि भर्खरै मात्र विश्वकप खेल्ने निश्चित भएको प्रतिद्वन्द्वीलाई जितका लागि टाइब्रेकरसम्म नै पु¥यायो । निर्धारित र अतिरिक्त समयको खेल १–१ ले टुङ्ग्याएको तुर्कमेनिस्तानले टाइब्रेकरमा ५–४ ले मात्र हार व्यहोर्न पुगेको थियो । यसअघि समूहचरणमा पनि उत्तर कोरियाविरुद्ध तुर्कमेनिस्तानको प्रदर्शन उत्कृष्ट थियो । सो खेल पनि १–१ ले बराबरीमा सकिएको थियो ।
एएफसी च्यालेन्जकपमा सँगै चार वर्षअघि डेब्यु गर्दा दुवै टोलीको प्रदर्शन उत्कृष्ट रह्यो र त्यो क्रम लगातार चलिरहेको छ । सन् २००८ मा कोलम्बोमा सम्पन्न दोस्रो संस्करणमा समूहचरणमा तुर्कमेनिस्तानको प्रदर्शन राम्रो रह्यो तर दुर्भाग्य ! सेमिफाइनल भने पुग्न सकेन । सो संस्करणमा फाइनल पुगेको ताजिकिस्तानसँग बराबरी खेलेको तुर्कमेनिस्तानले अफगानिस्तानलाई हराएको थियो भने भारतसँग पराजय व्यहोर्न पुगेको थियो । तर पनि चार टोली रहेको समूहमा उसले तेस्रो स्थानमा चित्त बुझाउनुप¥यो र बाहिरियो ।
तर सन् २०१० मा सम्पन्न पछिल्लो संस्करणमा तुर्कमेनिस्तानले निकै राम्रो प्रदर्शन ग¥यो र फाइनलसम्म पुग्यो । सो संस्करणमा यी दुई टोलीबीच एउटा निकै राम्रो समानता देखिएको थियो । फाइनलमा टाइब्रेकरबाट नतिजा आउनुअघि यी दुवै टोलीले दुई गोल मात्र खाएका थिए जुन एकआपसविरुद्ध नै रहेको थियो ।
पूर्वी एसियाली टोली उत्तर कोरियाले यसपटक दबाबपूर्ण प्रदर्शन गरिरहेको छ । चार वर्षअघिको विजेता भारतलाई समूहचरणमा ४–० ले हराएको उत्तर कोरियाले कुनै पनि खेलमा विपक्षी टोलीलाई आफूमाथि हाबी हुन दिएको छैन । राम्रो तालमेलका साथ खेलिरहेको उत्तर कोरियाले त्यसैले पनि उपाधिभन्दा पनि टाढाको लक्ष्य लिएको छ, त्यो हो– एसियन कपमा सहभागी हुनु ।
यस प्रतियोगिताको उपाधि जित्ने टोली सन् २०१५ मा हुने एसिया कपका लागि छनोट हुनेछ । उसका लागि मिडफिल्डर पाक नाम चोलले प्रतियोगितामा दोस्रो सर्वाधिक तीन गोल गरेका छन् । उनीभन्दा अगाडि फिलिपिन्सका फिलिप जेम्स योङहज्वेन्ड छन् जसको नाममा चार गोल छ । त्यस्तै उत्तर कोरियाका लागि एक खेल मात्र खेलेका फर्वार्ड पाक क्वाङ ¥योङले दुई गोल गरेका छन् । विश्वचर्चित स्विस क्लब बासेलसँग आबद्ध उनले फिलिपिन्सविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै ती गोल गरेका हुन् । तर उनले आफ्नो वास्तविक प्रदर्शन हेर्न नै बाँकी रहेको भन्दै सबैलाई उत्सुक बनाएका छन् । ‘सेमिफाइनलमा मैले खासै राम्रो खेल्न सकिन ।’ १९ वर्षीय उनले भने, ‘तर फाइनलमा राम्रो प्रदर्शन गर्नेछु ।’ उनले समूहचरणका सबै खेलमा उपस्थिति जनाएका थिएनन् ।
कोरियाली टोलीका प्रशिक्षक युन जङ सुले  तुर्कमेनिस्तानविरुद्ध राम्रो तयारी भइरहेको बताए । ‘तुर्कमेनिस्तान बलियो टिम हो किनभने उसले फाइनल यात्रा तय गरेको छ ।’ प्रतिद्वन्द्वीविरुद्ध जहिल्यै पनि नरमरूपमा प्रस्तुत हुने सुले भने, ‘यसका लागि हामीले उनीहरूका सबै खेलको फुटेज हेरेका छौं ।’  उनले जारी प्रतियोगितामा युवा खेलाडीलाई ‘एक्सपोजर’ दिइरहेको बताए । उत्तर कोरियाली टोलीमा विश्वकप खेलेका करिब आधा दर्जन खेलाडीको उपस्थिति छ ।
यता मध्यएसियाली टोली  तुर्कमेनिस्तानका प्रशिक्षक याज्गुलीले यसअघि भएका कुनै पनि गल्ती फाइनलमा नदोहोरिने बताए । ‘सन् २०१० मा हामीले उत्तर कोरियासँग जुन गल्ती ग¥यौं त्यो अब दोहोरिनेछैन ।’ तुर्कमेनिस्तान च्याम्पियन हुने दाबीसहित याज्गुलीले भने, ‘हामीले उत्तर कोरियाविरुद्धको तयारीका लागि कुनै कसर बाँकी राखेका छैनौं ।’

प्रतिक्रिया