चलचित्र ‘पाइरेसी’ गर्ने चार पक्राउ

नेपालगन्ज, ५ चैत ।  नेपाली चलचित्रको पाइरेसी गरेको आरोपमा चारजनालाई आइतबार प्रहरीले नेपालगन्जबाट पक्राउ गरेको छ । चलचित्र विकास बोर्डको छड्के टोलीको सहयोगमा प्रहरीले नेपालगन्जमा बसी नेपाली चलचित्रको अवैध कारोबार गर्दै आएका चार भिडिया पार्लर सञ्चालकलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट पाइरेसीका लागि प्रयोग गरेका चारथान कम्प्युटर, कार्ड रिडर, हार्ड डिक्स र मेमोरी कार्डसमेत बरामद गरेको छ । पक्राउ पर्नेमा नेपालगन्ज नगरपालिका-५ का आकाश गुप्ता, दाङ, घोराहीका द्रोणराज पौडेल, नेपालगन्ज-१ का पङ्कज गुप्ता र मालिका-२ बर्दियाका जीवन अधिकारी रहेका छन् । चारैजनालाई जिप्रका बांकेको हिरासतमा राखिएको डिएसपी उदय तामाङले जानकारी गराए । दोषी प्रमाणित भए उनीहरूलाई प्रतिलिपि अधिकार ऐन २०५९ बमोजिम कारबाही हुने बताइन्छ ।
राष्ट्रिय चलचित्र महोत्सव तयारीका क्रममा काठमाडौंबाट सुर्खेत हिाडेको टोलीले नेपालगन्जमा भइरहेको सो पाइरेसीबारे प्रहरीलाई जानकारी गराएको टोली सदस्य नीलहरि काˆलेले बताए । ‘हामी चलचित्र किन्ने निहुामा ती पसलमा बुझ्न गयौं, पाइरेसी भएको प्रमाण देखेपछि प्रहरीलाई खबर गरेका हौं,’ काˆलेले नेपालगन्जबाट जानकारी गराए । उनका अनुसार ती सञ्चालकले प्रदर्शनमा आइनसकेका नेपाली चलचित्र पनि आफूले उपलब्ध गराउन सक्ने बताएका थिए । तीन दिनअगाडि मात्र भिसिडी सार्वजनिक गरिएको चलचित्र अन्दाज धमाधम पाइरेसी गरिएको फेला परेको काˆलेले उल्लेख गरे । यो चलचित्रको भिसिडी आधिकारिक जिम्मेवारी सुलभ इन्टरटेनमेन्टलाई मात्र दिइएको निर्माता छविराज ओझाले जानकारी गराए ।  नेपाल चलचित्र विकास बोर्डले हालै सार्वजनिक गरेको दसबुादे कार्यक्रमभित्र सबै भिडियो पार्लर बोर्डको नियमभित्र रहेर सञ्चालन हुनुपर्ने र अनिवार्य रूपमा आफूमा दर्ता गर्ने प्रावधान ल्याएको छ ।

प्रतिक्रिया