खोटाङ ताराका प्रतियोगी

खोटाङ जिल्लाका गायन प्रतिभाहरूको साङ्गीतिक प्रतियोगिता खोटाङ ताराको फाइनल राउन्डका लागि छानिएका सातजनाको परिचय क्रमैसाग प्रस्तुत गर्दै जाने क्रममा आज समेटिएका दुई प्रतियोगी यस्ता छन्ः

नाम/थरः अनिल राई
गाविसः नेर्पा-६, बेंसीटोल
वर्षः  २६  वर्ष

म गीतसङ्गीतबाट छुट्टएिर रहनै सक्दिना । यसबिना मान्छेको जीवन अपुरो हुन्छ । स्कुल प्रोग्राममा सहभागी भएपछि मलाई पनि साङ्गीतिक क्षेत्रमा लाग्ने हौसला मिल्यो । घरदैलोमै खोटाङ ताराजस्तो प्रतियोगिता आएपछि सहभागी नहुने कुरै भएन । प्रतियोगिताको यो चरणसम्मको सफलता पाउन मलाई मेरी श्रीमतीको ठूलो हात छ । मलाई प्रायः वियोगान्त गीत मन पर्छ । सगरमाथा आरोहीले चुचुरो छुन्छु नै भन्ने लक्ष्य लिएको हुन्छ । पुग्नु/नपुग्नु पछिको कुरा हो तर लक्ष्य भने छाड्नु हुादैन ।
नाम/थरः  जनम थुलुङ
गाविसः महेश्वरी-३, प्रचुदेल
उमेरः २० वर्ष

गोठालो जांदा होस् या दाउराघांस काट्न, बच्चैदेखि गीत गुन्गुनाउने गर्थें । पछि स्कुलमा पनि गाउन थालेा । त्यही नै मेरो गायनयात्राको सुरुवात हो । यो स्थानसम्म ल्याइपुर्‍याउन मलाई खुक्साङ खम्बु दाइको धेरै सपोर्ट छ ।
यो उमेरसम्म सङ्गीत-साधना निकै गरेको छु । म प्रायः सेन्टिमेन्टल गीत सुन्छु र गाउाछु । यो स्थानसम्म आइपुग्नु नै ठूलो उपलब्धि हो । प्रतियोगिताले मलाई धेरै कुरा सिकाएको छ ।

प्रतिक्रिया