दीपक अब चलचित्रतिर

काठमाडौः सुगम सङ्गीतमा परिचय बनाइसकेका सङ्गीतकार दीपक शर्मा अहिले चलचित्र सङ्गीतमा आˆनो भविष्य स्थापित गर्न सक्रिय भएका छन् । विसं २०६० बाट सङ्गीतमा होमिएका उनी केहीअघिसम्म आधुनिक सङ्गीतमै व्यस्त थिए । अब चलचित्रका श्रोताले पनि उनको सङ्गीत सुन्न पाउने भएका छन् । उनको सङ्गीत रहेको सम्भिराख है प्रदर्शनको तयारीमा छ भने तेजाब, तहल्का डटकम, धमाकाजस्ता चलचित्रमा पनि उनले सङ्गीत दिन भ्याइसकेका छन् ।  म्याग्दीमा जन्मिए पनि साङ्गीतिक लक्ष्यको पछि लागेर काठमाडौ आइपुगेका उनले सङ्गीत दिएको चलचित्र सम्भिmराख हैको आाधीखोला उर्लिएर टारी खेतलाई हान्यो बोलको गीत अहिले साङ्गीतिक बजारमा चर्चामा छ । यो चर्चापछि चलचित्र सङ्गीतमा पनि स्थापित हुने विश्वास उनमा झाागिएको छ । ‘सिआरबिटी डाउनलोड पनि राम्रै छ, यो गीतले चलचित्र सङ्गीतमा मेरो यात्रालाई सफलतातिर मोड्ने निश्चित देख्छु,’ उनले सुनाए । मलाई आˆनो बनाएर बोलको गीतबाट सुगम सङ्गीतमा उदाएका दीपकले थुप्रै कलेक्सन एल्बममा सङ्गीत दिए । ‘ती गीत हिट पनि भए तर कलेक्सन एल्बममा भएर होला सङ्गीतकारको नाम भने ओझेलमै पर्‍यो,’ उनले थपे ।
सङ्गीतका अलावा उनी अचेल शब्दसमेत कोर्न थालेका छन् । रुवाएर गयौ तिमीले बोलको गीत उनकै शब्द तथा सङ्गीतमा बनेको हो । कौसिला रानाको एल्बम अनमोल-१ मा रहेको यो गीतले व्यावसायिक सफलता मात्र प्राप्त गरेन, गायिकालाई पनि सङ्गीतप्रेमीमाझ चिनायो । ‘मैले जिन्दगी पूरै साङ्गीतिक क्षेत्रमा बिताउने प्रण गरेको छु,’ दीपकले सुनाए ।
राजेशपायल राईको जदौ-३ र प्रास्ना शाक्यको नयां एल्बमको सङ्गीतमा पनि व्यस्त रहेका दीपक श्रुतिसङ्गीत विद्यालयमा सङ्गीत प्रशिक्षकका रूपमा कार्यरत छन् । हार्मोनियम र गितार बजाउन सिपालु दीपकले म्युजिकमा डिप्लोमा गरेका छन् । सङ्गीतमा अझै भविष्य खोजिरहेका उनको अन्तिम लक्ष्यचाहिा चलचित्रमा सफल सङ्गीतकारका रूपमा स्थापित हुनु हो । ‘नेपालीपन र श्रोताको मन जित्न सक्ने सङ्गीत सिर्जनामा ध्यान दिइरहनेछु,’ उनले सुनाए ।

प्रतिक्रिया