विपासाले फ्ल्याट किनिन्

मुम्बईः आˆना परिवार एकसाथ बसेको देख्न पाउनु बलिउड नायिका विपास वसुका लागि सपनाबराबर थियो । यसका लागि उनले पटक-पटक प्रयास गर्दै आइरहेकी पनि थिइन् । उनका अभिभावक बहिनी विदिसासागै बस्दै आएका छन् । तर, अब भने उनको सपना पूरा होलाजस्तो भएको छ । यसका लागि उनले भर्खरै एउटा ल्याट किनेर परिवारलाई उपहार दिएकी छन् । बुबाआमासहित सम्पूर्ण परिवारलाई उनले सोही घरमा राख्ने व्यवस्था मिलाएको एजेन्सीले जनाएको छ। नयां गृहप्रवेशका लागि उनले सत्यनारायण र वास्तुपूजासमेत गराइसकेकी छन् । एक अन्तर्वार्तामा उनले इन्टेरियर डिजाइन पनि सानदार रहेको उल्लेख गरिन् । सबै परिवार एकसाथ बसिसकेपछि मात्र आˆनो ˆल्याटबारे थप उल्लेख गर्ने बताएकी उनले भनिन्- ‘यो कुराले मलाई एकदम खुसी बनाएको छ ।’

प्रतिक्रिया