खोटाङ ताराका सात प्रतियोगी

खोटाङ जिल्लामा रहेका सांगीतिक नवप्रतिभाहरूलाई फक्रने अवसर उपलब्ध गराउने उद्देश्यले आयोजित गायन प्रतियोगिता खोटाङ तारामा हाल सात प्रतिस्पर्धी फाइनल राउन्डका लागि छानिएका छन् । खोटाङ महासमाजको अयोजना तथा किरात सांस्कृतिक कला केन्द्र, दिक्तेलको सहआयोजनामा भइरहेको प्रतियोगिताका लागि जिल्लाभरिका २ सय ५६ प्रतिस्पर्धीमध्येबाट उत्कृष्टताका आधारमा यी सात जना फाइनलका लागि छानिएका हुन् । अघिल्ला चरणसम्मको प्रतियोगिता जिल्लामै सञ्चालन भएकामा फाइनल राउन्ड भने काठमाडौंमै गरिने भएको छ । फाइनल राउन्डका लागि छानिएका सात स्पर्धी प्रदीप राई, अनिश परियार, अनिल राई, जनम थुलुङ, भीम लोहार, अमर चाम्लिङ राई , रेवत राई यतिखेर काठमाडौंको बन्द प्रशिक्षणमा छन् । प्रतियोगिताको फाइनल आगामी १८ गते राजधानीको राष्ट्रिय नाचघरमा सम्पन्न हुनेछ ।  आजदेखि हामी यी सातै प्रतिस्पर्धीको संक्षिप्त परिचय क्रमैसाग प्रस्तुत गर्नेछौं ।
नाम/थरः प्रदीप राई


गाविसः दिक्तेल-१४, सङ्गम पार्क
उमेरः २० वर्ष
साङ्गीतिक क्षेत्रमा लाग्ने सानैदेखिको रहरले गर्दा खोटाङ तारामा सहभागी भएको हुा । यसअघि पनि मैले थुप्रै प्रतियोगितामा सहभागिता जनाएको छु । यो स्थानमा आइपुग्न पनि भीमसेन सरलगायत मलाई धेरैको सपोर्ट छ । प्रायः मलाई सबै किसिमका गीत मन पर्छ । शब्द, संगीत र स्वरको राम्रो सम्मिश्रण भएको गीतले अझ बढी छुन्छ । खोटाङ ताराका सबै प्रतिस्पर्धी साथी एकसे एक छन् । तर, म पनि कम छुइना जस्तो लाग्छ । राम्रो नतिजा प्राप्त गर्न भाग्यको पनि अलिअलि साथ त चाहिन्छ । मैले शीर्ष उपाधि नजिते पनि साङ्गीतिक क्षेत्रमा भने लागिरहन्छु नै । टप-७ मा पर्नु मात्रै पनि मेरा लागि खोटाङ तारा हुनुबराबर नै हेा ।

नाम/थरः  अनिश परियार


गाविसः  सिमपानी-७
उमेरः १६ वर्ष
साङ्गीतिक क्षेत्रमा केही गर्ने सोच लिएर खोटाङ तारामा सहभागी भएको हुा । प्रतियोगितामा सहभागी हुनुअगाडि पनि गीत निकै गाइरहन्थेा । स्टेजमा गाउन थालेको त ११ वर्षको उमेरदेखि नै हेा । स्कुलको प्रतियोगितामा पुरस्कार पनि जितेको छु ।
यो स्थानसम्म आइपुग्न दाजु अनिल परियारले धेरै सपोर्ट गर्नुभएको छ । मलाई आधुनिक र पपगीत मन पर्छ । प्रतियोगितामा प्रतिस्पर्धा ठूलै छ, त्यसैले मेहनत पनि निकै गरिरहेको छु । उपाधि जिते आफूलाई ठूलै भाग्यमानी ठान्नेछु । नजिते पनि साङ्गीतिक क्षेत्र भने छोड्नेछैन, सधैंभरि लागिरहनेछु ।

प्रतिक्रिया