हिमालयन शेर्पा सेमीमा

विराटनगर, ४ चैत । यति हिमालयन शेर्पा क्लब, मोरङको विराटचोकमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो पिएलओ केबिआरयू कन्दङ्वा गोल्डकप फुटबल प्रतियोयिताको अन्तिम चारमा प्रवेश गरेको छ ।
शनिबार भएको अन्तिम क्वार्टरफाइनलमा झापाको अनारमनि फुटबल क्लब (एएफसी) विर्तामोडलाई २–१ को गोलअन्तरले पराजित गर्दै हिमालयन शेर्पा अगाडि बढेको हो । निर्धारित समयमा दुवै टिमले १–१ गोल गरेका थिए । थप गरिएको २० मिनेटको खेलमा खेल सकिन ३ मिनेट बाँकी रहेका बेला हिमालयन शेर्पाका दिनेश कार्कीले गोल गरी आफ्नो टिमलाई विजयी बनाएका थिए ।
खेल सुरु भएको नवौं मिनेटमा हिमालयन शेर्पाका जुङ्बु शेर्पाको क्रसपासलाई सदुपयोग गरी दिनेश कार्कीले गोल गर्दै हिमालयनलाई एक गोलको अग्रता दिलाए । लगत्तै १४ मिनेटपछि झापाका सानुका लिम्बूको पासलाई दीपेन राईले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । झापाका दीपेन राईले उक्त गोल लगातार ५ औं प्रयासमा गरेका थिए । छोटो पास खेल्न सिपालु हिमालयन शेर्पालाई निर्धारित ८० मिनेट झापाले दबाबमा राखेको थियो ।
दुवै टोलीले मध्यान्तरसम्म १–१ गोलको बराबरीमा सकिएपछि मध्यान्तरपछि आक्रामक खेल खेले पनि गोल गर्न सकेनन् । अतिरिक्त समयको ७ औं मिनेटमा सरोज दाहालको पासलाई दिनेश कार्कीले गरेको बाइसाइकिल प्रहारलाई झापाका गोलरक्षक तीर्थ रिजालले उत्कृष्ट बचावट गरेका थिए । हिमालयनका गोलरक्षक विनय श्रेष्ठले झापाका दीपेन राईका ७ वटा प्रहारमा उत्कृष्ट बचावट गरेका थिए । खेलको म्यान अफ द म्याच हिमालयन शेर्पाका दिनेश कार्की घोषित भए । आइतबारको पहिलो सेमिफाइनल आयोजक सगरमाथा युथ क्लब इन्द्रपुर र सशस्त्र प्रहरीकोे एपिएफ क्लबबीच हुनेछ ।
शुक्रबार भएको खेलमा सामसुङ जाउलाखेल युथ क्लब काठमाडांैलाई आयोजकसमेत रहेको पिएलओ क्लबले पेनाल्टी सुटआउटमा ३–१ को गोलअन्तरले पराजित गरेको हो ।
निर्धारित समयमा दुवै टिमले १–१ गोल र थप गरिएको १० मिनेटमा पनि थप गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो । पेनाल्टी सुटआउटमा आयोजकका तर्पmबाट विशाल राई (बी), दीपक राई र बुद्ध चेम्जोङले गोल गरे । त्यस्तै जाउलाखेलको तर्पmबाट प्रवीण कार्कीले गोल गरे । खेलको म्यान अफ द म्याच आयोजकका विक्रम लिम्बू घोषित भए ।

प्रतिक्रिया