करदर्सियनको व्यापार कला

टेलिभिजन प्रस्तोता, मोडेल र अभिनेतृ । किम करदर्सियनको परिचय यतिमै सीमित छैन । उनी कुशल व्यापारी पनि  हुन् । ‘कदर्सियन कलेक्सन इन्टिमेट्स लाइन’ ब्रान्डबाट शृङ्गार तथा फेसन सामग्री बजारमा ल्याएर उनले आफ्नो व्यापारिक कुशलता समेत प्रमाणि गरिसकेकी छिन् । ग्ल्यामरको दुनियााँमा जत्तिकै सशक्त छिन् उनी व्यापारमा पनि । तर, दुवै क्षेत्रमा सफल हुने उनको ‘फर्मुला’ भने करिब करिब उस्तै छ । आफ्ना कामुक अङ्ग देखाएर उनले सफलता लुट्ने गरेकी छिन् ।
फिल्म तथा फोटो सुट गर्दा अङ्ग प्रदर्शन गर्न नहिच्किचाउने उनले आफ्नै उत्पादनको प्रमोसन गर्न केसम्म गरिनन् होला ? यसका लागि उनले उदारतापूवर्क अङ्ग प्रदर्शनमात्रै गरिनन्, आफ्ना दुई दिदीबहिनीको कामुक शरीरको पनि भरपुर उपयोग गरिन् । आफ्ना दुई बहिनी कलोइ र कर्टनेलाई आफ्नो ब्रान्डका उत्तेजक पहिरनमा सजाएर उनले उनीहरुसँगै फोटो सुट गरेकी छिन् । उनका फ्यानमाझ वितरण भइसकेका ती तस्बिरमा तीनैजना दिदीबहिनी ब्रा र पेन्टीसँग मिल्दाजुल्दा पहिरनमा देखापरेका छन् । तर, ती तस्बिर निकै अघि खिंचिएको बताइन्छ । ट्विटरमार्फत फोटो सार्वजनिक गर्दा करदर्सियनले भनेकी थिइन्, ‘कदर्र्सियन कलेक्सनको प्रचारप्रसारका लागि खिंचिएको फोटो सार्वजनिक गर्न पाउँदा हामी तीनैजना ज्यादै उत्साहित भएका छौँ ।’ आफ्नो ब्रान्डका पहिरन ज्यादै आकर्षक र महिलालाई सुहाउने खालका भएको भन्न समेत ३१ वर्षीया करदर्सियनले छुटाइनन् । साथै उनले ओछ्यानमा खिंचिएका आफ्ना थप केही उत्तेजक फोटो पनि ट्विटरमार्फत सार्वजनिक गरेकी छिन् । (एजेन्सी)   

प्रतिक्रिया