पतिसँग सन्नी भारतमा

‘ब्लु फिल्म’ खेलेर ख्याति कमाएकी भारतीय मूलकी क्यानडाली अभिनेतृ सन्नी लियोन पति डेनियल वेबरसँग भारत आएकी छिन् । बलिउडको ‘जिस्म २’ फिल्मका लागि अनुबन्धित भएकी लियोन यसैको छायाङ्कनका लागि भारत आएकी हुन् । उनीहरुलाई स्वागत गर्न ‘जिस्म २’ का निर्माता डिनो मारिया विमानस्थल पुगेका थिए । अमेरिकी सहर लस एन्जलसबाट प्लेन चढेपछि सन्नीले ट्विटरमा लेखेकी थिइन्, ‘म प्लेनमा चढिसकेकी छु र चाँडै भारत पुग्नेछु । म ज्यादै प्रसन्न भएकी छु ।’

सन्नीले बलिउडमा काम गर्ने तय भएपछि करिना कपुर, क्याट्रिना क्याफजस्ता भारतका स्थापित अभिनेतृको चैन हराम भएको थियो । त्यसैले भारतमा सन्नीको पुनरागमनले उनीहरुलाई हतोत्साहित पारेको हुनसक्ने आशङ्का भारतका विभिन्न अनलाइन पत्रिकाले व्यक्त गरेका छन् ।  (एजेन्सी)

प्रतिक्रिया