‘सि बिच’मा निक्की

हरियो कपाल भएकी एउटी मस्तकी तरुनी गुलाबी ‘बिकिनी’ लगाएर अमेरिकाको हवाइस्थित समुद्री किनारमा लडिबुडी गरिरहेकी थिइन् । घरी समुद्रमा डुबुल्की लगाउने त घरी बालुवा लडिबुडी गर्ने उनको चालाले समुद्री किनारका धेरैको ध्यान आकर्षित गरेको थियो । यसरी ध्यान आकर्षित गर्ने तरुनी अरु कोही नभई अमेरिकी गायक निक्की मिनाज हुन् । आफ्नो आगामी म्युजिक भिडियोको छायाङ्कनका लागि उनी हवाइको समुद्री तटमा लडिबुडी गर्न पुगेकी थिइन् । फेब्रुअरीको मध्यमा ‘स्टारसिप्स’ बोलको गीत बजारमा ल्याई चर्चा बटुलेकी निक्की हवाइ पुग्नुअघि उनले प्रशंसकलाई ट्विटरमार्फत यसको जानकारी दिएकी थिइन् । ‘पिङ्की फ्राइडेः रोमन रिलोडेड’ नामक आगामी एल्बमको म्युजिक भिडियो छायाङ्कनका लागि उनी त्यहाँ पुगेकी हुन् । नयाँ एल्बम अप्रिलमा सार्वजनिक हुने जानकारी दिँदै उनले भनिन्, ‘अप्रिल तीन अदभूत र मादक हुनेछ ।’ र्‍याप र हिपहप गीतमा ख्याति कमाएकी उनले थपिन्,
‘मेरो नयाँ एल्बम हिपहप र पप संस्कृतिका लागि ज्यादै महत्वपूर्ण र विशेष हुनेछ ।’ (एजेन्सी)

प्रतिक्रिया