धुम–३ को तयारीमा आमिर

स्तरीय फिल्म खेलेर प्रतिष्ठाको शिखरमा पुगेका बलिउड अभिनेता आमिर खान अभिनयप्रति ज्यादै इमान्दार छन् । उपयुक्त कथावस्तु र अभिनयका लागि सुहाउँदो शारीरिक तथा मानसिक अवस्था नबनेसम्म उनले अभिनयमा हात हाल्ने गरेका छैनन् ।
उनको बहुप्रतीक्षित फिल्म ‘धुम ३’ मा अभिनय गर्न उनी मानसिकरुपमा तयार छैनन्, जसले गर्दा फिल्मको काम अघि बढ्न सकेको छैन ।
‘मैले ‘धुम ३’ को तयारी सुरु गरिसकँे । मेरो रोललाई सुहाउने खालको शरीर बनाउन म अहिले लागिपरेको छु । तर, फिल्म खेल्न म मानसिकरुपमा तयार भइसकेको छैन,’ उनले भने । ‘धुम’ फिल्मका सबै सिक्वेलमा ‘बाइक रेस’ लाई प्राथमिकता दिइएको छ । फिल्मका खलपात्रले लुट मच्चाउन नयाँ काइदा छनोट गर्छन् र प्रहरीले यसलाई निस्तेज गर्ने  जमर्को गर्छ । फिल्मको मुख्य विषयवस्तु यही हो । ‘धुम ३’ मा आमिरले खलपात्रको भूमिका निर्वाह गर्ने तय भइसकेको छ । उनीसँगै अभिषेक बच्चन र उदय चोपडासमेत फिल्ममा देखापर्नेभएका छन् । भिक्टर आचार्यले निर्देशन गर्ने ‘धुम ३’ मा अभिनेतृ क्याट्रिना क्याफ आमिरको जोडी हुनेछिन् । सन् २०१३ सम्म फिल्म सार्वजनिक गर्ने तयारी भएको बताइन्छ । (एजेन्सी)

प्रतिक्रिया