ग्ल्यामरस नर्स

ग्ल्यामर क्षेत्रमा उषा राईको चर्चा चुलिन सुरु गरेको सन् २०११ देखि हो, जति बेला उनले मिस मङ्गोल प्रतियोगितामा सेकेन्ड रनरअप उपाधि जितिन् । प्लसटु सकेपछि उनी नर्सिङ पेसामा पनि हाम फालिन् । अब निर्णय गरेकी छन्, ‘ग्ल्यामर र नर्सिङलाई सागसागै अगाडि बढाउाछु ।’
पाङ्चा-१, भोजपुरकी यी सुन्दरीलाई परिवारको राम्रै साथ रहेछ । ‘परिवारको सपोर्टबिना त कुनै पनि क्षेत्रमा अगाडि बढ्न सकिादैन, ग्ल्यामर क्षेत्रमा त झन् गाह्रो,’ उनले सुनाइन्, ‘यो क्षेत्रमा आउने जसलाई परिवारको सपोर्ट हुादैन, उसलाई अनेक लान्छना लाग्न सक्छ ।’
क्षेत्रै यस्तो छ, उनले पहिरनबारे विशेष कन्सस हुनैपर्छ । ‘आˆनो सुन्दरतालाई फिट हुने पहिरन छान्नुपर्छ, मेरो रोजाइमा चाहिा हल्का खालका पहिरन हुन्छन्,’ आˆनो पहिरन-रूचि सुनाएपछि दार्शनिकता बोलिन् उषा, ‘खासमा नारीको सुन्दरता उसको स्वभावमा भर गर्छ, शारीरिक सुन्दरता त केही क्षणको आकर्षण मात्र हो ।’
ग्ल्यामरबारे खुला अवधारणाकी पक्षपाती यी सुन्दरी अरूका लागि आकर्षक देखिनुलाई नै ग्ल्यामर मान्छिन् । बिनापरिश्रम अनि मिहिनेत सफलता हात पार्नु छैन रे उनलाई । ‘बिनापरिश्रम सफलता हात पार्न खोजियो भने शोषित हुन बेर लाग्दैन,’ नर्सिङ पेसालाई दोस्रो प्राथमिकतामा राखेकी यी ‘ग्ल्यामर क्रेजी’ ले सुनाइन् ।
केही म्युजिक भिडियोमा अभिनयसमेत गरिसकेकी यी नवयौवनाको सेक्सबारेको धारणाचाहिा यस्तो छ, ‘सेक्स त्यति महत्वपूर्ण कुरा होइन, शारीरिक आवश्यकता मात्र हो ।’

शब्द/तस्बिरः ज्ञानेन्द्र कार्की

प्रतिक्रिया