शिल्पी झनै सेक्सी

मुम्बइ: जो बोले सो निहालमार्फत बलिउड अभिनयमा प्रवेश गरेकी हट मोडल शिल्पी शर्मा अब झनै हट एन्ड सेक्सी भएर पर्दामा आउने तयारीमा छिन् । यसअघि थ्याङ्क्यु चलचित्रबाट  चर्चा बटुलेकी उनले अब मधुर भन्डारकरको चलचित्र हिरोइनमा झनै बोल्ड सिन लिएर आउन लागेको बताएकी छन् । ‘भण्डारकरले एक ग्ल्यामरस भूमिकामा हट नायिकाको खोजी गरिरहेका रहेछन्, मैले त्यसलाई पूर्ति गरिदिने भएकी छु,’ उनले एजेन्सीलाई बताइन् । ‘हिरोइनलाई विशेष बनाउन शरीरका हरेक अङ्गलाई त्यसैअनुकूल बनाइरहेकी छु,’ उनले सुनाइन् । चलचित्रमा करिना कपुर मुख्य भूमिकामा छिन् भने साहाना गोस्वामी पनि देखिनेछिन् ।

प्रतिक्रिया