लुँगीँबनियानमा झनै हट

मुम्बई, बलिउड अभिनेत्री विद्या बालनको चर्चाले बलिउड उद्योग निकै तात्ने गरेको छ । डर्टी पिक्चर्सबाट नेसनल अवार्ड हात पारेकी उनी भर्खरै गरिएको एक हट फोटोसुटका कारण झनै चर्चामा पुगेकी छन् ।
सो फोटोमा उनले साउथ फिल्मका हिरोहरूले लगाउनेजस्ता लुँगी र बनियान पहिरिई हटभन्दा हट पोज खिंचाएको एजेन्सीले चर्चा गरेको छ । सन् २०१० मा पनि उनले एक पत्रिकाका लागि साडीमा यस्तै हट फोटोसुट गराएकी थिइन् । त्यतिबेला पनि उनको चर्चा शिखरमा पुगेको थियो । (एजेन्सी)

प्रतिक्रिया