झरनालाई अप्ठ्यारो

नेपाली चलचित्रमा अहिले प्रतिस्पर्धी दुई नायिका छन् त ती झरना थापा र रेखा थापा नै हुन् । दुवै जना चलचित्र निर्माण पनि गरिरहेका छन् । झरनाले निर्माण गरेको फेसबुक अहिले पोस्ट प्रोडक्सनको अन्तिम चरणमा छ । भर्खरै उनले यसको प्रमोसनका लागि आफू देश दौडाहामा निस्कने सार्वजनिक गरेकी छन् । स्वाभाविकै हो, उनकी प्रतिस्पर्धी रेखा पनि आफ्नो चलचित्र ‘रावण’को प्रमोसनका लागि देश दौडाहामा पुगिरहेकी छन् । अभिनयमा ‘कपी’ गरेको आरोप बेलाबखत झेल्दै आएकी झरनाले देश दौडाहामा निस्कने बताउनासाथ कसैले चिया पसलको माहोल ततायो– ‘हेर, अब झरनाले चलचित्र प्रमोसनमा रेखाको शैली कपी गर्न थालिछन् ।’
प्रचारका बहानामा महोत्सवहरूमा पुगेर गायकरूसँगै कम्मर पनि मर्काइन् रेखाले । झरनाले पनि त्यसै गर्लिन् त ? कसैले भन्यो– ‘रेखाको पो श्रीमान्सँग डिभोर्स होलाहोलाजस्तो भइसकेको छ र जोसँग गएर नाचे पनि भो । न त उनको झरनाकी जस्ती छोरी नै छ । आफैँ त अझै पतिलाई ड्याडी भनेर बस्छिन् । झरनाको त्यस्तो अवस्था कहाँ छ र अरूसँग गएर
नाच्न सकून् ।’ उसले थप्यो– ‘उनले यसो गरिहाले रेखाकै कपी गरेको आरोप त लागि नै हाल्छ नि फेरि ।’
लौ है झरनाजी, आरोप लगाउनेका अगाडि कसको के लाग्छ र ? तिनीहरूको मुखमा बुजो लगाउनै भए पनि प्रमोसनमा रेखाले जे–जे गरेकी छन्, त्यसबाट चाहिँ बच्नैपर्ने भो । केही नयाँ आइडिया पो फुराउने हो कि ?

प्रतिक्रिया