अन्तर्राष्ट्रिय लोकसाँस्कृतिक पर्यटन महोत्सव

दाङ, २९ फागुन । अन्तर्राष्ट्रिय लोक संस्कृति महात्सव सोमवारदेखि दाङको घोराहीमा सुरुभएको छ । एभरेष्ट नेपाल कल्चरल गु्रपको मुख्य आयोजना तथा अन्तर्राष्ट्रिय लोकसाँस्कृतिक पर्यटन महोत्सव– २०६८को घोराहीमा विषेश कार्यक्रमको आयोजना गरि उद्घाटन गरिएको छ । महोत्सवको उत्घाटन अवसरमा घोराहीमा विशाल र्‍याली निकालिएको थियो ।
र्‍यालीमा दाङ, रुकुम, रोल्पा, प्युठान र सल्यानसका कला संस्कृती झल्कने नाच, वाजा, झाकी प्रस्तुत गरिएको थियो । र्‍यालीमा पञ्चे बाजा, ब्याण्डबाजा, मूलसमितिको व्यानरसहित विभिन्न संघ संस्था, कलस, धार्मिक तथा मङ्गलिक समूह, विद्यालय, स्काउट, साँस्कृतिक समूह, जातीय भेषभुषासहितका झाँकीलगायतको प्रस्तुती रहेको थियो ।
कार्यक्रममा नेपालका ख्याती प्राप्त गायक गायिकाहरुले आ आफ्नो प्रस्तुती  राखेका थिए । महोत्सवमा पुराना लोक गाएक शम्भु थापाले आफ्नो तीन दशक पुरानो गीत प्रस्तुत गरे । चर्चित लोकदोहोरी गायिका गीता महरा र कृष्ण रेउलेको घम्साघम्सी दोहोरी पनि चलेको थियो । त्यस्तै गरि चन्द्र शर्मा, नविन पौडेल, शसि शर्मा मजगैया लगाएतले आ–आफ्ना गीत प्रस्तुत गरेका थिए ।

यसैवीच ‘विदेशी संस्कृतिको पहिचान नेपाली संस्कृतिको संरक्षण अभियान’ भन्ने नाराका साथ आयोजित छैटौं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक पर्यटन महोत्सव सोमबार बुटवलमा पनि सुरु भएको छ ।
बुटवलमा पहिलोपटक भएको महोत्सवमा नेपाल सहित १३ राष्ट्रका कलाकारहरु सहभागी छन् । महोत्सव दुई दिनसम्म चल्ने छ ।  १३ वटै राष्ट्रका कलाकारले आ–आफ्नो देशका मौलिक कला, संस्कृति, भेषभुषा, संगीत र रोचक नृत्य प्रस्तुत गरेका छन् ।

 

प्रतिक्रिया