अन्तर्राष्ट्रिय मेलामा विदेशी नृत्यको आकर्षण

काठमाडौ, २७ फागुन । छैटौं अन्तर्राष्ट्रिय लोकसांस्कृतिक मेलाको काठमाडौं संस्करण शनिबार राजधानीको प्रज्ञा भवनमा सम्पन्न भएको छ । संविधानसभा अध्यक्ष सुवास नेम्बाङले उद्घाटन गरेको मेलामा नेपाल लगायत गि्रस, पोल्यान्ड, फिनल्यान्ड, घाना, इटाली, श्रीलङ्का, भारत, मेक्सिको, इस्टोनिया, लिथुआनिया, टोगो, बङ्गलादेशसहित विश्वका १३ भन्दा बढी राष्ट्रका तीन सय ५० बढी कलाकारले आआˆना संस्कृति झल्कने नृत्य तथा गीत प्रस्तुत गरेका थिए ।
एभरेस्ट कल्चर ग्रुपको आयोजनामा भएको कार्यक्रममा हरेक देशका सांस्कृतिक समूहले उपस्थित दर्शकलाई आˆनै शैलीले ‘नमस्ते’ भन्दै आआˆनेा देशको सांस्कृतिक परिचयसहित मञ्च ढाकेका थिए ।  नेपालका तर्फबाट पांच मिनेटको कौरानृत्य प्रस्तुत गरिएको थियो । अरू देशका सांस्कृतिक समूहमध्ये इस्टोनियाका कलाकारको प्रस्तुतिले सबैको ध्यान खिचेको थियो । उनीहरूले इस्टोनियामा नयां वर्षका अवसरमा प्रचलनमा रहेको यौन-नृत्य प्रस्तुत गर्दा उपस्थित दर्शक रोमाञ्चित हुन पुगेका देखिन्थे । युगल जोडीहरूको सहभागितामा प्रेम र यौन झल्कने प्रस्तुति अन्त्यतिर ढल्कादै गर्दा उपस्थित युवा पुस्ता ‘वान्स मोर’ को नारा लगाइराखेका थिए ।
काठमाडौंबाट सुरु भएको मेला आगामी चैत ५ गतेसम्म दाङ, बुटवललगायत देशका विभिन्न स्थानमा सञ्चालन हुनेछ ।

प्रतिक्रिया