बाजी मारे सलमानले

मुम्बईः बलिउड ब्याड ब्वाई सलमान खानले किङ खान साहरुखलाई पछि पारेका छन् । अक्षयकुमारको होम प्रोडक्सनबाट निर्माणको तयारीमा रहेको एक चलचित्रमा भगवान् श्रीकृष्णको भूमिका यी दुईमध्ये कसले गर्ने भन्ने विषयमा दर्शकको ध्यान केन्दि्रत भइरहेका बेला सलमानले उछिनेका हुन् ।
सुरुमा अक्षय आफैाले उक्त भूमिका गर्ने तयारी गरे पनि पछि सलमान वा साहरुखमध्ये एकलाई लिने सोचाइ बनाएका थिए । सो भूमिकामा बलिउडका अन्य नायकको पनि ध्यान खिचिएको थियो । तर, अन्त्यमा अक्षयले सलमानलाई नै छनोट गरेको एजेन्सीले उल्लेख गरेको छ । होम प्रोडक्सनको चलचित्र दबङ्ग-२ पछि सलमानले यसमा समय दिने भएका छन् । यसअगाडि चलचित्र गड तुस्सी ग्रेट होमा यस्तै खालको अलौकिक भूमिका निर्वाह गरेका सलमानले यसबाट पनि त्यत्तिकै चर्चा बटुल्ने आशा गरेका छन् । चलचित्रमा रहेको नास्तिक पात्रको भूमिकाचाहिा अक्षयले नै गर्ने भएका छन् ।

प्रतिक्रिया