पुस्तकमा भक्तपुर

काठमाडौः भक्तपुर जिल्लाको समग्र परिचय समेटिएको पत्रकार मकर श्रेष्ठको फोटो पुस्तक ‘हाम्रो भक्तपुर’ हालै सार्वजनिक भएको छ । भक्तपुरका ‘आइकन’का रूपमा चिनिने ६ व्यक्तित्व वरिष्ठ पत्रकार भैरव रिसाल, इतिहासविद् प्राडा पुरुषोत्तमलोचन श्रेष्ठ, समाजसेवी श्यामसुन्दर धौभडेल, सम्पदा संरक्षणकर्मी रवीन्द्र पुरी, क्यामरा सङ्ग्रहकर्ता मदनबाबु वज्राचार्य र नृत्यगुरु श्रीगोपाल प्रजापतिले संयुक्त रूपमा पुस्तकको विमोचन गरेका थिए । समय समाज प्रकाशन प्रालिले प्रकाशन गरेको एक हजार रुपियां मूल्यको पुस्तक एक सय ६० पृष्ठको छ । पत्रकार राजेन्द्र बस्नेतद्वारा सम्पादित पुस्तकमा भक्तपुरका १६ वटा गाविस र दुई नगरपालिकाभित्रका धार्मिक तथा ऐतिहासिक सम्पदा, पर्यटकीय क्षेत्र, कलासंस्कृति र जीवनशैलीदेखि भौगोलिक र ऐतिहासिक पक्षलाई समेटिएको छ ।

प्रतिक्रिया