आकर्षक अजिता

ललितपुर एकान्तकुनाकी अजिता सिंह ग्ल्यामर क्षेत्रमा प्रवेश गरेको धेरै भएको छैन । तर, चर्चा भने यस क्षेत्रमा दशकौा बिताएकाहरूको हाराहारीमै पुगिसकेको छ । फरासिलो स्वभावकी अजिताको सबैसाग खुल्ने बानीले चर्चा कमाउन थप मद्दत गरेजस्तो छ । उनले भनिन्, ‘हो त, म सबैसाग अलि खुलेरै बोल्छु, त्यसैले पनि मेरा साथीहरू धेरै छन् ।’
बेलाबेलामा हुने ब्युटी कन्टेस्ट नछुटाउने यी सुन्दरी २०१० को मिस नेपालमा शीर्ष पााचभित्र परेकी थिइन् । बिबिएसम्मको अध्ययन सिध्याएर मोडलिङमा होमिएकी उनलाई जिउडालले पनि राम्रै साथ दिएको छ, नलोभिने सायदै होलान् । उमेरले २२ टेकिन् उनी तर देखिन्छिन् सोह्र वर्षेजस्ती । कसैले यसो भनेर प्रशंसा गरिदिादा दङ्ग पर्छिन् ।
फुर्सदको समयमा घुम्नु र पत्रपत्रिका पढ्नु उनका मन पर्ने विषय हुन् । ‘इन्टरनेटको लगाब पनि त्यत्तिकै छ, फुर्सद हुनासाथ बसिहाल्छु,’ उनले सुनाइन् । हालसम्म केही स्टेज सो, चारवटाजति विज्ञापन अनि तीनवटा म्युजिक भिडियोमा उनले काम गरेकी छिन् । ग्ल्यामर क्षेत्रप्रतिको यिनको रुचि सानै उमेरदेखिको रहेछ ।
ग्ल्यामरको सेन्स बुझेकी उनी पहिरनमा निकै सचेत छिन् । व्यक्तित्व झल्कने अनि आफूलाई आकर्षक देखाउने पहिरन नै उनको छनोटमा पर्छ । ‘मेरो सुन्दरता वान पिसमा झनै खुल्छ,’ ग्ल्यामरस जानकारीसहितको उनको ग्ल्यामरस धारणा, ‘ग्ल्यामर समयको माग हो, खुल्न नसके पछि परिन्छ ।’ अनि ग्ल्यामर क्षेत्रका नारी विभिन्न शोषणमा पर्ने गरेको सुनिन्छ नि ? ‘त्यो सबै हल्ला हो’, यसबारे उनको बुझाइ छ, ‘आफू सशक्त हुनुपर्छ, आफू कमजोर भए मात्र अरूले फाइदा उठाउन खोज्ने हुन् ।’
शब्दःकुवेर गिरी/तस्बिरः ज्ञानेन्द्र कार्की

प्रतिक्रिया