महोत्सवमा तिम्रो लागि

काठमाडौः चलचित्र तिम्रो लागिले पोखरामा जारी रूपा तालबेासी महोत्सव-२ मा विशेष प्रदर्शन गरेको छ । मङ्गलबारबाट सुरु भएको महोत्सवको तेस्रो दिन बिहीबार चलचित्रको विशेष प्रदर्शन गरिएको हो ।
प्रदर्शनका लागि चलचित्रका नायक कुशल थापा तथा निर्माता अरुण खड्का महोत्सवमा सरिक भएका थिए । महोत्सवका दर्शकले चलचित्र निकै मन पराएको निर्माता खड्काले जानकारी गराए । खड्काका अनुसार हङ्ग्री आइज मुभिजको ब्यानरमा निर्मित चलचित्र त्रिकोणात्मक प्रेमकथामा आधारित छ । सुमन सिंह, कुशल थापा, सुमिना घिमिरे, सरोज केसी, दिव्यश्वर गौतम, गणेश उप्रेती, सुरवीर पण्डित, सुशील पोखरेललगायत कलाकारले मुख्य भूमिकामा अभिनय गरेको चलचित्र नेपाली निर्देशकमध्येकै सबैभन्दा कान्छा १७ वर्षीय एनआर घिमिरेले निर्देशन गरेका हुन् । चलचित्रमा रोशन श्रेष्ठको द्वन्द्व, बब्बु थापाको नृत्य, देवेन्द्र हुरहुरको छायाङ्कन तथा शम्भु गौतमको निर्माण परिकल्पना रहेको छ ।

प्रतिक्रिया