तितो सत्यले अपाङग बिशेष भाग प्रशारण गर्ने

काठमाडौं, २६ फागुन । हाँस्य अभिनेत्री दीपाश्री निरौला र समाजसेवी शशीकला सिंहलाई राष्ट्रिय अपाङ श्रीमती संघ र राष्ट्रिय अपाङग युवा सञ्जालले आज सम्मान गरेको छ ।
अन्तर्राष्ट्रिय नारी दिसवका अवसरमा हाँस्य अभिनेत्री निरौला र समाज सेवी सिंहलाई सम्मानित गरेको हो । काठमाडौंमा आयोजित कार्यक्रममा सपाङ्ग र अपाङ्ग महिलाहरुलाई समाजमा उनीहरुले गरेको योगदानको कदर गर्दै सम्मान गरिएको जानकारी दिईएको थियो ।
समाजमा रहेका अपाङ महिलाहरुलाइ विगत २५ वर्षदेखि सेवा गर्दै आएकी समाज सेवी सिंह र दीपा ताम्रपत्रबाट सम्मानित भएका हुन् ।
हाँस्य अभिनेत्री दीपाले अपाङ्गहरुलाई पनि सपाङ्गसरह समाज र राज्यले हेर्नुपर्ने भन्दै तितो सत्यको आगामी श्रृङ्खलामा अपाङ्ग महिलाहरुको वेदना समिटिएको भाग प्रशारण गर्ने प्रतिबद्धता व्यक्त गरिन ।
राष्ट्रिय अपाङ्ग श्रीमती संघकी अध्यक्ष उषा सिंखडाले समाजमा रहेका अपाङ्ग महिलाहरुलाई समेटेर उनीहरुलाई जनचेतना कार्यक्रम प्रराण गर्नुपर्ने बताईन । उनले बैशाखी, सेतो छडी, ह्वील चियर वितरण र साँकेतिक भाषाका कक्षाहरु संचालन गर्ने कामलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन ।

प्रतिक्रिया