भारत २ शुन्यले पराजित, कोरियाको विजय सुरुवात

काठमाडौं, २६ फागुन । एएफसी च्यालेन्ज कप फुटबलमा भारत ताजकिस्तानसँग २ शुन्यको गोल अन्तरले पराजित भएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङगशालामा भएको खेलमा ताजकिस्तानले भारतलाई २ शुन्यले पछिपर्दै खेल आफ्नो हातमा पार्न सफल भएको हो । भारतले खेल आफ्नो हातमा पार्न प्रयास गरेपनि सफल हुन सकेन ।

उता, डिफेन्डिङ च्याम्पियन उत्तर कोरियाले पनि फिलिपिन्सलाई २ शन्यले पराजित गरेको छ । सशस्त्र प्रहरीको मैदान हलचोकमा आज भएको खेलमा कोरियाले फिलिपिन्सलाई हराउदै विजयी सुरुवात गरेको हो । कोरिया विश्वकप फुटवल खेलिसकेको टिम हो । खेलको दोस्रो हाफमा फिलिपिनस विरुद्ध कोरियाका दुई खेलाडीले एक एक गोल गरेका थिए ।

खेलको ५८ औं र ७० औं मिनेटमा कोरियाले फिलिपिनस विरुद्ध गोल गरेको थियो । कोरियाले आफूलाई एएफसी च्यालेन्ज कपको दाबेदारका रुपमा लिएको छ ।

प्रतिक्रिया