सिरियाली मन्त्री विपक्षीसँग

दमास्कस, २५ फागुन । सिरियाका उपतेलमन्त्रीले पदबाट राजीनामा दिई विपक्षीको साथ लाग्ने घोषणा गरेका छन् । सिरियाली सरकारविरुद्ध विद्रोह गरी विपक्षी समूहमा लाग्ने उनी अहिलेसम्मकै सबैभन्दा उच्च्पदस्थ अधिकारी हुन् ।
उपतेलमन्त्री अब्दो हुसमेदिनले बिहीबार पदबाट राजीनामा दिएका हुन् । ‘मैले आज पदबाट राजीनामा दिएको छु र विपक्षी समूहमा लाग्ने प्रण गरेको छ,’  भिडियो सन्देशमा उनले भनेका छन् । इन्जिनियरसमेत रहेका उनी सिरियाको वर्तमान सरकारका प्रभावशाली मन्त्रीका रूपमा चिनिन्थे ।
एक वर्षभन्दा अघिदेखि सिरियामा राष्ट्रपति बासर अल असदको शासन अन्त्यको माग गर्दै प्रदर्शन भइरहे पनि असदले सत्ता त्याग गर्न अस्वीकार गर्दै आएका छन् । सिरियाका विपक्षी तथा पश्चिमी राष्ट्रहरूले आन्दोलन दबाउन सिरियाली सरकारले हत्याहिंसाको शृङ्खला चलाएको आरोप लगाउादै आएका छन् । तर, राष्ट्रपति असदले भने यस्तो आरोप अस्वीकार गर्दै आएका छन् । सिरियालाई अस्थिर बनाउन विदेशी शक्तिको घुसपैठ भएको आरोप उनले लगाउादै आएका छन् ।
उपतेलमन्त्री हुसमेदिनले प्रदर्शनकारीमाथि वर्तमान सरकारले गरेको निर्दयी आक्रमण र अन्यायको पक्षमा वकालत गर्न मन नलागेपछि राजीनामा गरेको बताएका छन् । सिरियामा नागरिक स्वतन्त्रता र न्याय कुण्ठित भएकोसमेत उनले जनाएका छन् । राष्ट्र सङ्घका मानवीय सहायता प्रमुख भ्यालेरी एमोस सिरिया पुगेपछि मन्त्री हुसमेदिनले राजीनामा गरेको समाचार सार्वजनिक भएको हो । सिरियामा सरकारपीडित मानिसलाई मानवीय सहयोग उपलब्ध गराउन सिरियाली सरकारलाई मनाउने उद्देश्यले उनी दमास्कस पुगेका हुन् । यसैबीच, सिरियामा शान्तिबहालीका लागि छलफल गर्न पठाइएका चिनियां दूतले सिरियाली विदेशमन्त्री वालिद मुआलेम तथा प्रतिपक्षसाग ६ बुादे शान्ति योजनाका विषयमा वार्ता गर्ने बताइएको छ ।
केही दिनअघि अमेरिकी रिपब्लिकन सिनेटर जोन म्याकेनले सिरियामाथि हवाई आक्रमण गर्न तथा प्रतिपक्षीलाई सुरक्षित स्थान उपलब्ध गराउन अमेरिकी सरकारसाग आग्रह गरेका थिए । तर, अमेरिकी राष्ट्रपति बाराक ओबामाले भने सिरियामा मानव हत्याका कहाली लाग्दा कथा सुनिने गरेका भए पनि एकपक्षीय रूपमा त्यहां आक्रमण गरेर समस्या समाधान नहुने जिकिर गरेका थिए । संयुक्त राष्ट्र सङ्घले प्रदर्शनका क्रममा सिरियाली सुरक्षाकर्मीको कारबाहीमा परी सात हजार पााच सयभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको जनाएको छ । -एएफपी)

प्रतिक्रिया