राष्ट्रिय खेलकुदका केही झलक

काठमाडौं, २५ फागुन । फागुनको तेस्रो साता सुदूरपश्चिममा आयोजित छैटौं राष्ट्रिय खेलकुदले केही नयां स्टार जन्मायो । केही नयां राष्ट्रिय कीर्तिमान बनाइए । केही रोमाञ्चकता र केही उल्लासका क्षण देखिए । केहीले देख्नेको पनि मन रुने गरी आासु बगाए । छैटैं राष्ट्रिय खेलकुदमा यस्ता अनेकन नलेखिएका र छायामा परेका समाचार रहे जुन इभेन्ट र पदकका समाचारअघि छायामा परेका थिए ।

पुलिस एपिएफ प्रतिद्वन्द्विता
एथलेटिक्सको ट्रयाकमा बिहानै भिड हुन्थ्यो । हरेक बृहत् खेल महोत्सवझैं यस महोत्सवको आकर्षण पनि स्वाभाविक रूपमा ट्रयाक एन्ड फिल्ड नै थियो । एथलेटिक्सका ३६ स्पर्धामध्ये १६ नेपाल पुलिसले तथा ११ एपिएफले जिते । नेपाली एथलेटिक्सका प्रशासनिक शक्तिमा दुई कित्तामा रहने गरेका एपिएफ प्रशिक्षक सुशीलनरसिंह राणा र पुलिस प्रशिक्षक लीला श्रेष्ठको ‘इगो’को लडाइा पनि थियो त्यो ।
दुईवटा राष्ट्रिय एथेलेटिक्स सङ्घ अस्तित्वमा रहेको अहिलेको अवस्थामा राष्ट्रिय मान्यताप्राप्त एथलेटिक्स सङ्घनिकट सुशील र अर्को कित्ताका मानिने लीलाबीचको प्रतिद्वन्द्विता दुई महिनाअघि सङ्घले आयोजना गरेको एथलेटिक्स मिटबाटै देखिएको थियो । पुलिसका धेरैले उक्त मिटमा सहभागिता नजनाएपछि प्रशिक्षक लीला भन्थे, ‘हामी राष्ट्रिय खेलकुदमा देखाइदिन्छौं ।’ नभन्दै उनले देखाई पनि छाडे ।  यी दुई टोली खासमा पुलिसका खेलाडीको सेलिब्रेसन हेर्दा लाग्थ्यो यो भिडन्त राष्ट्रिय खेलकुदको होइन शीतयुद्धकालीन ओलम्पिकमा अमेरिका र सोभियत सङ्घका खेलाडी ट्रयाकमा छन् ।

दुईजनाको रोदन
राष्ट्रिय खेलकुदमा दुई किशोरी नराम्ररी रोए । डिस्कस थ्रोमा स्वर्णपदककी दाबेदार अमृता महतोले दुईपटक ‘फल’ गरिन् । तेस्रोपटक स्वर्णपदक जित्नलायक थ्रो त गरिन् तर उनी अत्यन्त दुर्भाग्यशाली ठहरिइन् । थ्रोपछि सेलिब्रेसन गर्दै हात उठाउादै आएकी उनले गलत बाटोको प्रयोग गरिन् । क्रस गर्नु नपर्ने लाइन क्रस गरेपछि अयोग्य घोषित भइन् । उनको रुवाइ सााच्चै मायालाग्दो थियो । यसै समयमा नेपाल पुलिसका केही खेलाडी भने नाचेर नै रमाइलो व्यक्त गरिरहेका थिए ।
महिला भलिबलको फाइनलमा नेपाल पुलिस क्लब विजयी भएपछि पश्चिमाञ्चलकी मञ्जु गुरुङ खुब रोइन् । उनका केही समर्थक ‘ढोरपाटन कप आउादैछ नि’ भनेर फुल्याइरहेका थिए । तीन महिना अघिसम्म पुलिसभन्दा स्तरीय मानिएको पश्चिमाञ्चलले यो तीन महिनामा पुलिस क्लबले अत्यन्त कडा मिहिनेत र प्रशिक्षण गरेर आएको हेक्कै पाएन ।
खेलाडीको विरोधमा जज परिवर्तन
महिला टि्रपलजम्पमा दूरी नाप्न इन्द्र मल्ललाई खटाइएको थियो । प्रहरीका खेलाडीले यसरी विरोध गरेकी मल्ललाई उक्त जिम्मेवारीबाट हटाइएपछि मात्र खेल सञ्चालन भयो । निर्धारित जज खेलाडीको दबाबमा हटाइएको खेलकुदको यो दुर्लभ घटना हो ।

लोकपि्रय म्याक्स
सुदूरपश्चिमले फुटबलको सेमिफाइनल र फाइनल खेल्दा दर्शक दीर्घाबाट एउटै हुटिङ बारम्बार आइरहृयो । ‘म्याक्स, म्याक्स’ सुदूरपश्चिमवासीले मायाले म्याक्स भनिने मनिराम चौधरी नै दुवै खेलका नायक भए । कुनै अश्वेतझैं लाग्ने उनको घुमि्रएको र जगल्टा परेको कपाल हेर्दा लाग्थ्यो यो बनाइएको हो । तर, अचम्म  नेपालमै सायद उनी प्राकृतिक रूपले कुनै अफीकी अश्वेतको झैं लाग्ने कपाल भएका एक्ला व्यक्ति हुन् । उनको ‘स्टारडम’ले पछिल्लो उदाहरण समापनको भोलिपल्ट देखियो । खेलकुदसाग सम्बन्धित कोही एकजना ‘गेटा’ भन्ने ठाउामा अलपत्र परे, बन्दको कारणले । तिनै म्याक्सका आफन्तले म्याक्सलाई लिन पठाएपछि म्याक्सले स्थानीयसाग अलपत्र परेको ठाउाका बारे बुझे । स्थानीयले पनि अलपत्र परेकालाई सोधिहाले, ‘दाइ तपाईं खेलकुदको एकदमै ठूलो मान्छे हो ? तपाईंलाई त म्याक्स आफै लिन आउने रे ।’
गलत हल्ला
राष्ट्रिय खेलकुदमा थुप्रै खेलाडी घाइते भए । घाइतेको सूचीमा जुडोकी देबु थापा पनि रहिन् । पुलिस वृत्तका धेरै जना देबु घाइते भएको कारण स्वर्णपदक गुमेको भनी चिन्ता गर्दै थिए । पुलिस वृत्तको सबैको भनाइ एउटै थियो, ‘देबु पनि घाइते भएर एउटा स्वर्णपदक घाटा लाग्यो । ‘वास्तवमा उनीहरूलाई यो थाहा थिएन कि देबु सुनिता थापासाग पराजित भइसकेपछिको बाउटमा घाइते भएकी थिइन् । राउन्ड रोबिनमा भएको सो खेलमा सुनिताले सबै खेल जितिन् । यसकारण सबै खेलाडीलाई हराएकी सुनिताले स्वर्ण जित्नुमा देबु घाइते हुनुको कुनै सरोकार नै थिएन ।

तनाबमा हर्कसिंह
राष्ट्रिय खेलकुदका दर्शकमध्ये यदि कोही अत्यन्त तनाबमा थिए भने ती राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्य हर्कसिंह धामी थिए । उनका छोरा दीपेश धामी र विकास श्रेष्ठको ब्याडमिन्टन एकलको फाइनलको पनि निणार्यक सेटमा दीपेश १३- ९ ले अघि थिए । उनी छोराको मनोबल बढाउदै थिए ।

जब स्कोर
१३-१३ भयो, उनले त्यो खेल हेर्न नै सकेनन् । खेल नहेरेर निहुरिएका हर्कले हरेकपटक सटल भुइामा खसेको छनक पाउनेबित्तिकै सागै बसेकालाई स्कोर सोध्ने गर्थे । तनाबका कारण उनले त्यसपछि खेलभरि निहुरिएर अरूबाटै स्कोर सुनेर बसे ।

प्रतिक्रिया