दीपकलाई सहयोग गर्न मञ्चमा उत्रिए गायकगायिका

काठमाडौ, २५ फागुन । मिर्गौला रोगपीडित दीपककुमार न्यौपानेलाई सहयोग गर्न बिहीबार विभिन्न कलाकार आआˆना साङ्गीतिक प्रस्तुतिसाथ राष्ट्रिय सभागृहको मञ्चमा उत्रिए । विश्व मिर्गाला दिवसको अवसर पारी मिडिया फर वेलफेयरद्वारा आयोजित कार्यक्रममा गायक डिजराज पौडेलले सुनैका दरबार गीतबाट माहोल तताउन सुरु गरेका थिए । आˆनो चर्चित गीत तिमी आउने बाटोमा प्रस्तुत गर्दा दर्शकबाट वान्समोरको हुटिङ पनि उनले सागसागै पाए । त्यस्तै, गायक शिशिर योगीले सारङ्गी त रेटे पनि बोलको गीतबाट दर्शकलाई फरक स्वाद चखाएका थिए । त्यसैगरी राजेश महर्जन, लाक्पा शेर्पा, धर्मेन्द्र सेवान, राजेश महर्जन, नारायण सुवेदी, रञ्जन ढुङ्गेल र विपना धिताललगायत गायक-गायिकाले आआˆना प्रस्तुतिमार्फत दर्शकलाई मनोरञ्जन गराएका थिए । नृत्यतर्फ हृवायस्ट्यान ग्रुप र सेन्ट जर्ज स्कुलको प्रस्तुतिले कार्यक्रम रोचक बनाएको थियो ।
नेकपा -एमाले) का नेता केपी शर्मा ओलीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा सौर्य राष्ट्रिय दैनिकका प्रधान सम्पादक बोधराज त्रिपाठी, नेपाल पत्रकार महासङ्घका अध्यक्ष शिव गाउंले, साहित्यकार यज्ञनिधि दाहाललगायतको आतिथ्य थियो । नेता ओलीले मिर्गौलापीडित दीपकलाई आˆना तर्फबाट एक हजार रुपियां सहयोग गर्ने घोषणा गरेका थिए भने आयोजक मिडिया फर वेलफेयर सोसाइटीले दस हजार रुपियांको चेक उपलब्ध गराएको थियो । कार्यक्रमबाट उठेको सम्पूर्ण रकम दीपकको उपचारमा खर्च गरिने अयोजकले जनायो । सङ्कलित रकम पत्रकार महासङ्घले दीपकको उपचारका लागि व्यवस्था गरेको खातामा जम्मा गरिने बताइएको छ ।

प्रतिक्रिया