होलीमा रमाए कलाकर्मी

काठमाडौ, २४ फागुन । सधैजसो सुटिङ अनि कन्सर्टमा व्यस्त रहने कलाकार हिजो सम्पूर्ण तनाव बिर्सिएर होलीको उमङ्गमा रमाए । एभिन्युज टेलिभिजन र स्टार एफएमले संयुक्त रूपमा नयां बानेश्वरमा आयोजना गरेको फागु विशेष कार्यक्रम दर्शक र कलाकर्मीका लागि होली मनाउने उपयुक्त थलो बनेको थियो ।
गायक तथा नायक बाबु बोगटीले तुलसी आागनमा रोपौलाबाट तताउन सुरु गरेको होलीको माहोल चार घन्टासम्म ताती नै रहृयो । कार्यक्रममा अराज केशव र प्राश्ना शाक्यको जोडीले जुनकिरी बोलको गीत गाएका थिए । त्यसैगरी जयनन्द लामाको कलकत्ते काइयो, हिमाल सागरको नाच न बोलको गीतमा दर्शक तथा उपस्थित कलाकर्मी सबै झुमेका थिए । गायक दिनेश काˆलेले भन्नु नभाको गीतबाट माहोलमा रौनक थपेका थिए । कार्यक्रममा गायक राजेशपायल राईले दर्शन नमस्ते र गायक अर्जुनकुमारले चलचित्रको चपली हाइटको शीर्षगीत चपली हाइट सुनाएका थिए भने मौसमी गुरुङले परेलीमै छौ कसोबाट मनोरञ्जन गराएकी थिइन् ।
कोरियोग्राफर शङ्कर बिसीका साथ स्टेजमा देखिएकी नायिका रेखा थापाले दर्शकहरूका बीचमै पुगेर होलीका रङ छ्यापाछ्याप गरेकी थिइन् । कार्यक्रममा आनन्द कार्की, अशोक शर्मा, आकाश अधिकारी, झरना थापा, ऋचा घिमिरे, शङ्कर घिमिरेलगायत चलचित्रकर्मी पनि होली कार्यक्रममा रङ्गिएका थिए ।
त्यसै गरी भृकुटीमण्डपमा आयोजित अर्को एक कार्यक्रममा पनि कलाकर्मीको बाक्लो उपस्थिति देखिन्थ्यो, जहां गायिका रेश्मा सुनुवार, अविनाश घिसिङ, ओमविक्रम विष्ट, दीपक लिम्बू, सबिना कार्की, मल्लिका कार्की, रूपक डोटेललगायतले आआˆना गीतमार्फत होलीमा झुमिरहेका दर्शकलाई मनोरञ्जन गराए । हास्यकलाकार दीपाश्री निरौला र निर्मल शर्माले मुक्तक र गीत प्रस्तुत गरे ।

प्रतिक्रिया