करिनाको वान पिस चर्चा

मुम्बईः भारतीय नायिका करिना कपुरले अभिनय गरेको चलचित्र हिरोइन अझै छायाङ्कनमै छ । त्यसको चर्चा भने भारतीय उद्योगमा अहिलेदेखि नै
चल्न थालेको छ । उक्त चलचित्रका लागि करिनाले खिचाएको वान पिस तस्बिरको चर्चाले भारतीय उद्योग तातेको हो । निर्देशक मधुर भण्डारकरले चलचित्रको पोस्टर सार्वजनिक गर्ने क्रममा उनको वान पिस फोटो सार्वजनिक गरेका हुन् ।
भण्डारकर आफैं पनि चलचित्रको प्रचारप्रसारमा कस्सिएर लागेका छन् । यसअघि उक्त भूमिकाबाट ऐश्वर्या राय बच्चन छुट्टएिलगत्तै भण्डारकरले विभिन्न नकारात्मक टीकाटिप्पणी सुन्नपरेको थियो । करिनाको एक से एक तस्बिरसहितको पोस्टर सार्वजनिक गरेर उनले ती प्रतिक्रिया मेटाउन चाहेको एजेन्सीले उल्लेख गरेको छ । भण्डारकरले चलचित्रको नायक अर्जुन रामपाल र करिनाबीच अन्तरङ्ग दृश्यलाई पनि प्रचारमा उपयोग गरिरहेका छन् । -एजेन्सी)

प्रतिक्रिया