प्रमोदको ड्राइभिङ कल्पना ठग्ने यात्रुविरुद्ध कडा कारबाही

अहिलेसम्म गायक प्रमोद खरेलका चारवटा एल्बमले साङ्गीतिक बजार तताइसकेका छन् । यी साङ्गीतिक सिर्जनाको व्यावसायिक प्रतिफलले उनलाई सफल गायकको परिचय दिलाएको छ । अहिले उनी आफ्नो पाँचौँ एल्बमको तयारीमा छन्, त्यसका गीत रेकर्ड गराइरहेका छन् । सँगसँगै काठमाडौं उपत्यका अनि बाहिरका स्टेज तताउनुपर्ने व्यावसायिक व्यस्तता पनि छ उनीसँग ।
गायनमा स्थापित नाम बनिसके उनी । तर, जिज्ञासाको विषय बन्न सक्छ, गायनमा नलागेका भए उनी के बन्थे होला त ? ‘ओ हो, त्यसबारे त कहिल्यै पो सोचिएन त, साँच्चै के बनिन्थ्यो होला खोइ, गायनभन्दा दोस्रो कुनै सोच्दै पो सोचिएनछ त,’ उनले सुनाए । जिस्क्याइयो, ‘ड्राइभिङ  पेसामा पो आउनुहुन्थ्यो कि ? कत्तिको मनपर्छ ?’ उत्तरमा आदर्श देखाए, ‘त्यो पेसा पनि राम्रै हुन्थ्यो, खासमा जुनसुकै पेसा आ–आफ्नो ठाउँमा महŒवपूर्ण हुन्छन् ।’
कुरामा त प्रायः सबैले आदर्श देखाउँछन् । ड्राइभिङमा पनि कति ट्याक्सी ड्राइभरहरूले मनलागी मिटर घुमाएर यात्रुलाई थोरबहुत ठग्ने गरेको गुनासो बेलाबखत सुनिन्छ । उनी भएचाहिँ के गर्दा हुन् त ? ‘हेर्नुस्, जे भए पनि यात्रुलाई ठग्नचाहिँ ठग्दैनथँे, खासमा यात्रु मात्र होइन, अरू कसैलाई पनि ठग्नु हुँदैन भन्ने मेरो मान्यता हो,’ अर्को आदर्श पनि छाँट्न भ्याए उनले । ल ठीक छ, त्यसो भए यात्रुले ठग्न खोजेचाहिँ चुप लागेर बस्दा हुन् त प्रमोद ? ‘त्यस्ता यात्रुविरुद्ध त आवाज उठाउँथेँ, भनिहालँे नि ठग्न कसैले पनि हुँदैन, आवाज उठाउँदा नि नभए अन्य कुनै विकल्प अपनाएर भए पनि कारबाही त गराएरै छाड्थेँ,’ अडानै लिए उनले ।
ड्राइभिङमा पनि राति ट्याक्सी चलाउनेहरूको कुरै अर्को हुन्छ । ऐनालाई सुटुक्क पछाडि सिटमा बसेकी युवतीतिर फर्काएर पिलिक–पिलिक हेर्नमा कम खप्पिस  हुन्छन् र ट्याक्सीवालाहरू ! त्यसमाथि मध्यरातमा एक्कासि कुनै केटी यात्रु ट्याक्सीमा प्रवेश गरेर सेक्स प्रस्ताव राखे के गर्दा हुन् प्रमोद ? ‘ओहो, कसैले प्रस्ताव गर्दैमा त्यो पूरा गरिहाल्नुपर्छ भन्ने कहाँ लेखेको छ र ? सिधै हुँदैन भनिदिन्छु नि,’ भन्नचाहिँ उनले यसै भने । साह्रै सोझा रहेछन् उनी । ड्राइभिङ पेसाको परिकल्पनाभित्र डुबिरहेका उनले सोझै पारामा श्रम तथा यातायात व्यवस्थामन्त्रीलाई सुझाब दिन पनि भ्याए, ‘नेपालको यातायात साह्रै अस्तव्यस्त भयो मन्त्रीज्यू, यो अस्तव्यस्ततालाई न्यून गरिदिनुप¥यो । दुई दिनअघि मात्रै पनि एक घन्टाजति जाममा पर्दा मेरो एउटा महŒवपूर्ण काम चौपट हुन पुग्यो ।’
–विशाल

प्रतिक्रिया