दमनको प्रश्न शेखरको उत्तर

दमनः भाइ बूढो कि जवान ?
शेखरः उमेरका हिसाबले हेर्ने हो भने त अझै केटा नै हो तर व्यवहारका हिसाबले चाहिँ पाको ।
दमनः श्रीमतीलाई धेरै माया कि गर्ल फ्रेन्डलाई ?
शेखरः मेरो त गर्ल फ्रेन्ड र बूढी पनि एउटै भएका कारण सबै माया एउटैलाई ।
दमनः  तपाईं हाँस्यलाई जोड दिनुहुन्छ कि व्यङ्ग्यलाई ?
शेखरः हास्य र व्यङ्ग्य दुवैमा मेरो जोड रहन्छ । व्यङ्ग्य भनेकै बढी हँसाउनकै लागि गरिन्छ । त्यसैले व्यङ्ग्यमै बढी जोड दिन्छु ।
दमनः झ्याइँकुटी झ्याइँ राम्रो कि तितो सत्य ?
शेखरः झ्याइँकुटी झ्याइँ नै राम्रो । किनभने प्रत्येक आमाबाबुलाई आफ्ना छोराछोरी राम्रो लाग्छ । त्यसैले पनि मलाई झ्याइँकुटीभन्दा राम्रो अर्को कुनै छैन ।
दमनः घरपरिवार हाँसे सिरिएल राम्रो कि दर्शक हाँसे ?
शेखरः पब्लिकको हाँसो उत्कृष्ट हो । घरका मानिसले ९० प्रतिशत दर्शकको पनि प्रतिनिधित्व गर्ने भएकाले घरमा जुन दिन हाँस्छन्, त्यो दिन बाहिरका दर्शक पनि हाँसेको पाइन्छ ।
दमनः तिम्रो सबैभन्दा राम्रो के ?
शेखरः मन । मेरो मन सफा छ । कसैसँग नेगेटिभ छैन । अरूले पनि मबारे यही भन्छन् ।

प्रतिक्रिया