‘पश्चिम सेतीमा छलफल हुन पाएन’

काठमाडौं, २३ फागुन । व्यवस्थापिका संसद अन्तर्गतको प्रकृतिक स्रोत र साधन समितिको बैठकमा उर्जामन्त्री पोष्टबहादुर बोगटी अनुपस्थित भएपछि बैठक स्थगित भएको छ ।
समितिको आज सिंहदरबारमा बस्ने भनिएको बैठकमा उर्जा मन्त्री बोगटी उपस्थित नभएपछि बैठक स्थगित गर्नु परेको समिति सदस्य गगन थापाले बताए । बैठकमा पश्चिम सेती जलबिद्युत आयोजनाका बिषयमा छलफल हुने कार्यक्रम थियो ।

समिति सदस्यहरुले जलबिद्युतका बिषयमा मन्त्रीसँग सोधपुछ गर्न बोगटीलाई बोलाएका थिए । केहि दिन अघिमात्रै सरकारले सात बर्षमा निर्माण सम्पन्न गर्ने गरी चाईना थ्री गर्जेज ईन्टरनेशनल कर्पोरेशनलाई जलासय युक्त पश्चिम सेती जलबिद्युत आयोजना निर्माण गर्ने सहमति गरेको थियो ।

समितिको अर्को बैठक फाल्गुन २६ गते बस्ने भएको छ ।

प्रतिक्रिया