एथ्लेटिक्समा सबिताको किर्तिमान

कैलाली, १६ फागुन । सुदूरपश्चिममा जारी छैटौं राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्सको चार सय मिटर महिला हडल्समा एपीएफकी सविता चौधरीले राष्ट्रिय किर्तिमान बनाएकी छन् ।
धनगढीस्थित क्षेत्रीय रंगशालाको ट्रयाकमा भएको आजको खेलमा सविताले निर्धारित दुरी १ मिनेट ८ दशमलव ८० सकेन्डमा पार गर्दै राष्ट्रिय रेकर्ड सहित स्वर्ण जितेकी हुन् । यस अघि यो रेकर्ड चन्द्रकला कामदले सन् १९८७ मा १ मिनेट १० सकेन्डमा दुरी पार गर्दै राष्ट्रिय किर्तिमान बनाएकी थिइन् । सबिताले हिजो सय मिटर हडल्समा पनि राष्ट्रिय कीर्तिमान बनाएकी थिईन् ।
स्पार्धाको रजत पुलिसकी ममता चौधरी र कास्य एपीएफकी डिकमाया कार्कीले जितेका छन् । यता महिला सय मिटर दौडको उपाधि एपीएफकी प्रमिला रिजालले १३ सेकेन्डमा दुरी पार गर्दै स्वर्ण जितेकी छन् । यो स्पर्धामा नेपाल प्रहरीकी साबीत्री  नेपालीले १३ दशमलव २३ सकेन्ड दुरी पार गर्दै रजत जितिन भने मध्यमाञ्चलकी मीरा खड्काले १३ दशमलव ६६ सेकेन्डमा दुरी पार गर्दै कास्य जितिन् ।
दश हजार मिटर महिला दौडको उपाधि मध्यपश्चिमाञ्चलकी विश्वरुपा बुढाले जितेकी छिन् । विश्वरुपाले निर्धारित दूरी ३९ मिनेट ३५ दशमलव ४२ सकेन्डमा पार गर्दै उप्ाँधि जितेकी हुन् । यो स्पार्धामा एपीएफकीे बृन्दा श्रेष्ठले ३९ मिनेट ५० दशमलव ४३ सेकेन्डमा दुरी पार रजतपदक जितिन् ।
यस्तै सुदुरपश्चिमान्चलकी १३ बर्षीय सकुन्तला ठकुलाले ४३ मिनेट ३२ सकेन्ड कुद्दै का“स्य पदक जितिन् । दश हजार मिटरको यो दौडमा १२ बर्षीय नर्मला खत्रीले दौड पुरा गर्दै पाचौ स्थान हात पारिन् ।
यता महिला सय मिटर हडल्सको उपाधि नेपाल प्रहरीकी आरती पाठकले जितेकी छिन् । यस अघि हिजो भएको हर्डल्सको हिटमा नया“ राष्ट्रिय किर्तिमान कायम गरेकी सविता चौधरी फल्स स्टाटको कारण डिस्क्वालिफाइ भए पछि आरतीले स्वर्ण जित्न सफल भएकी हुन् । आरतीले १८ दशमलव १ सकेन्डमा दुरी पार गर्दै स्वर्ण जितेकी हुन् । यस अघि सविताले हिजो १७ दशमलव ५० का साथ पुरा गरेकी थिईन् ।
त्यस्तै महिला सटफुटमा पश्चिमाञ्चलकी अञ्जु चौधरीले स्वर्ण जितेकी छिन् भने एपीएफकी अमिता महतोले रजत र पुलिसकी बसन्ती चौधरीले  कास्य जितेका छन् । यता पुरुष १ सय मिटरको उपाधि नेपाल प्रहरीका तीलकराम थारुले जितेका छन् । भने पुरुष तर्फको १ सय १० मिटर हडल्सको स्वर्ण नेपाल पुलिसका धीरेन्द्र चौधरीले जितेका छन भने रजत एपीएफका सन्तोष श्रेष्ठ र कास्य मध्यमाञ्चलका हेमराज पाथले हात पारेका छन् ।
यस्तै पुरुष सटपुटको उपाधि सुदुरपश्चिमाञ्चलका टेकेन्द्र पाठकले १२ मिटर फाक्दै उपाधि जितेका छन् ।
कराते
छैटौ राष्ट्रिय खेलकुलअन्तर्गत करा“तेको पुरुष ५० केजीको उपाधि मध्यमाञ्चलका सुनिल लामाले जितेका छन् । कैलालीस्थित क्षेत्रिय रंगाशाला परिषरमा आज  भएको फाइनलमा सुनिलले नेपाल प्रहरीका रबिन्द्र दलाहाललाई पराजित गर्दै स्वर्ण जितेका हुन् । यो तौल समूहको कास्यपदक नेपाल प्रहरीका विजय लामा र सुदुरपश्चिमाञ्चलका अरुण कुमारले जितेका छन् ।
यता महिला ६८ केजी तौलमा एपीएफकी कल्पना बस्नेतले जितेकी छिन् । फाइनलमा कल्पनसंग पराजित भएकी पीएफएकी पबित्रा चौधरी रजतपदकमा नै चित्त बुझाएकी छन् । पश्चिमाञ्चलकी माया थापा तथा सुदुरपश्चिमाञ्चलकी लक्ष्मी नाथले का“स्य हात पारेका छन् ।
सफ्ट टेनिस
छैटौ राष्ट्रिय खेलकुलअन्तर्गत सफ्ट टेसिनको टिम इभेन्टको महिला तथा पुरुष दुबै  उपाधि मध्यमाञ्चलले जितेको छ ।
कैलालीस्थित क्षेत्रिय रंगाशालाको कोर्टमा आज भएको पुरुष टिम इभेन्टको फाइनलमा मध्यमाञ्चलले नेपाल प्रहरीलाई २–० ले पराजित गर्दै स्वर्ण जितेको हो ।
महिला टिम इभेन्ट्सको उपाधि पनि मध्यमाञ्चलले मध्यपश्चिमान्चलाई पराजित गर्दै  उपाधि जितेको छ । सफ्ट टेनिसकामा आज मिक्स डबल्सका समूह चरणका खेल भएका छन् ।
भारोत्तोलन
छैटौं राष्ट्रिय खेलकुदको भारोत्तोलनतर्फ महिलाको ५८ केजीमा उत्तम खत्री र ६३ केजीमा राजलक्ष्मी थापाले मंगलबार स्वर्ण जितेका छन् । स्वर्ण विजेताद्वय नेपाल प्रहरीका हुन् ।
उत्तमले स्न्याचमा ५६ र क्लिन एन्ड जर्कमा ६७ गरी कूल १ सय २३ वजन उचालिन् । कूल १ सय १४ केजी भार उचाल्दै पूर्वाञ्चलकी शान्ति चौधरी दोश्रो तथा १ सय १ केजी भार उठाएकी प्रहरीकी राजकुमारी चौधरी तेश्रो भए ।
राजलक्ष्मीले स्न्याचमा ५५ र क्लिन एन्ड जर्कमा ७० गरी कूल १ सय २५ केजी भार उठाइन् । दोश्रो भएकी मध्यपश्चिमाञ्चलकी रामकुमारी चौधरीले ९५ केजी भार वहन गरिन् भने कूल ९० केजी भार उठाएकी सुदूरपश्चिमाञ्चलकी सोनम चौधरी तेश्रो स्थानमा रहिन् ।

प्रतिक्रिया