लामा तेक्वान्दो सकाउन लागेको गुरूङको आरोप

taekwondoकाठमाडौं, ४ वैशाख । लामो समय देखि बढ्दै गएको नेपाल तेक्वान्दो संघ र राष्ट्रिय खेलकुद परिषद्विचको वाकयुद्ध जारी रहेको छ । यसैक्रममा शुक्रबार नेपाल तेक्वान्दो सङघका महासचिव दिपराज गुरुङले राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव युवराज लामा अहिले तेक्वान्दोलाई भत्काउने खेलमा लागेको आरोप लगाएका छन् । बानेश्वरस्थित एमिल उपत्यकाब्यापि तेक्वान्दो प्रतियोगीताको उद्घाटन समारोहमा अतिथिको रुपमा त्यहा पुगेको गरङले करिव १० मिनेट भाषण गर्दै लामाले खेलकसदमा तानशाहि प्रवित्ती देखाएको बताए । गरुङले कार्यक्रममा तेक्वान्दो खेलाडी समेत रहेका सबिधान सभाका सदस्य मोहन कुमार राई हाल सबिधान सभा भित्र महिला,बालबालिका,समाजकल्याण तथा जेष्ठ नागरिक समिती अन्तर्गत खेलकुदक क्षेत्रलाई प्रतिनित्व गरेर त्यहा गएकोमा तेक्वान्दो र समग्र खेलप्रति गौरवको विषय रहेको बताए । सविधान सभामा खेलकुद हेर्ने कमिटिमा रहेका सयोंजक रहेका राई तेक्वान्दोका लागी मार्ग दर्शक रहेका बताए । महासचिव गुरुङले लामाप्रति आक्रोसित हुदै भने तेक्वान्दो खेल नेपालमा राम्रो भइरहेको अवस्थामा केहि बर्ष यता तेक्वान्दो खेललाई भत्काउन,नास्ने र खेलाडीहरुलाई लडाउने काम भइरहेको छ । त्यो काम फेरि बाहिरबाट गरेको नभइ खेलकुदको बिकाश गर्ने जिम्मा लिएर बसेका खेलकुदको उच्च निकाय राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामाले गर्दैआइरहेका छन । गुरुङले भने ‘ कराते खेलाडी लामाले आफ्नो घर त भत्काउनु भयो । अव अरुको घर धत्काउने खेलमा लाग्नु भएको छ तर म के भन्छु भने तेक्वान्दोलाई त्यत्ति कमजोर नसझ्निु होला उहांले भत्काउछु भन्दा भत्कीने,उहाले तेक्वान्दोलाई केही पनि गर्न सक्नु हुन्न ।’

गुरुङले सदस्य सचिवले नियम कानुन मिचेर समानान्तर तेक्वान्दो सङघ गठन गर्न सहयोग गरेको आरोप समेत लगाए । एसियन गेम समेत नियम कानुन मिचेर बैकल्पीक खेलाडी लगे र अहिले आएर पारा तेक्वान्दो खोलेर त्यसमार्फत घिनलाग्दो राजनिती गर्न लागेको तेक्वान्दो सङघका महासचिवले बताए । तेक्वान्दो सङघलाई केही गर्न नसकेपछि ‘ यो त कर्मचारी हो यसलाई म किन तह नलगाउने भनेर आफुलाई तानशाहि कारबाहही गर्न लागको छन्’ गुरुङले भने । आफु कसैको सहयोगले त्यहा नगएको आफु कसैको डर धम्कीमा नपरिकन देशको सेवा गर्ने गुरुङले बताए । खेलकुद परिषद कसैको पेवा नभएका बतउदै उनले भने‘ मेरो आग्रह छ खेलकुदका कोही साथिहरु पनि सदस्यसचिव सगं डराएर दास नबन्नु होला ।’

प्रतिक्रिया