इलाम, २ बैशाख । इलामको पश्चिमी क्षेत्रको मुख्य व्यापारिक केन्द्र मंगलबारे बजारमा ह्ने अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । शनीबार सुरु हुने लण्डन आइस मंगलबारे अन्तराष्ट्रिय गोल्डकप–२०७२’ ले मंगलबारेलाई अन्तराष्ट्रिय क्षेत्रमा परिचित गराउन प्रतियोगिताले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बिश्वास रहेको आयोजक समितिका अध्यक्ष दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।
पश्चिमी क्षेत्रलाई खेलकुदका माध्यमबाट थप पर्यटन विकासमा अगाडी बढाउने उद्देश्यले स्थानीय त्रिवेणी युथ क्लब र मंगलबारे उद्योग वाणिज्य संघले संयुक्त रुपमा प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगितामा पूर्वाञ्चलको इलाम, झापा, पााचथर, धरान, धनकुटा, मोरङ तथा भारतको सिक्किम र दार्जिलिङका गरि आठ टोलीको सहभागीता रहने छ । खेल स्थानीय भानुभक्त उच्च माध्यमिक विद्यालयको खेलमैदानमा हुनेछ ।
प्रतियोगिताको विजेताले एक लाख ११ हजार एक सय ११ रुपैयाा तथा उपविजेताले ६१ हजार एक सय ११ रुपैयाा पुरस्कार पाउने छन् ।सेमिफाइन प्रबेश गर्ने अन्य दुइ टोलीले १५/१५ हजार रुपैयाा पुरस्कार पाउने छन् । त्यस्तै उत्कृष्ट गोलरक्षक र उत्कृष्ट खेलाडीलाई पााच–पााच हजार रुपिया पुरस्कार प्रदान गरिने छ ।
तेश्रो संस्करणको यसपटकको प्रतियोगिताका लागि १५ लाख रुपैयाा खर्च लाग्ने अनुमान गरिएको छ । प्रायोजक लण्डन आइसले ८० हजार रुपैयाा प्रदान गरेको छ । प्रतियोगिताको दोस्रो सस्करणमा आयोजकले तीन रुपिया नाफा कमाएको थियो ।
प्रतिक्रिया