झापा र थ्रिस्टार बराबरी

football_leagueकाठमाडौं, १ वैशाख । राष्ट्रिय लिग फुटबल प्रतियोगिताको सोमबार भएको खेलमा झापा ११ र थ्रिस्टार क्लबबीच गोलरहित बराबरी भयो । विराटनगरमा भएको खेलमा जुमनु राईले अन्तिम मिनेटमा गरेको गोलमा नेपाल पु्लिस क्लबले मोरङ ११ लाई १–० ले पराजित गर्‍यो ।

बराबरीपछि झापा गोल अन्तरमा मनाङमस्र्याङदीभन्दा पछि रहादै दोस्रो स्थानमा रहेको छ । मनाङ र झापा दुवैको १० अंक छ । मनाङले झापा भन्दा एक खेल कम खेलेको छ । थ्रिस्टार आठ अंकसहित तेस्रो स्थानमा रहेको छ । पुलिस क्लब पााच खेलमा ६ अंकसहित छैटौा स्थानमा उक्लेको छ ।

विराटनगरको सहिद रंगशालामा भएको खेलमा जुमनुले इन्जुरी समयको पहिलो मिनेटमा गोल गरे । जमुनु खेलको म्यान अफ द म्याच घोषित भए । पराजित मोरङ अंक तालिकाको पुछारमा रहेको छ । झापामा भएको खेलमा झापालाई जित विमुख बनाउने क्रममा थ्रिस्टारका एलन न्यौपानेले सानदार बचाउ गरे । एलन म्यान अफ द म्याच घोषित भए । झापाका प्रशिक्षक भगीरथ आलेले टोलीको प्रदर्शनमा सन्तोष व्यक्त गरे ।

प्रतिक्रिया