प्रितीको पञ्जाब इलेभन किङ्ग्स पराजित

Preeti Zinta Punjab 11 Kingsकाठमाडौं, २८ चैत । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको आठौं संस्करणअन्तर्गत भएका खेलमा राजस्थान रोयल्सले विजय सुरुवात गरेको छ ।

पुनेको महाराष्ट्र स्टेडियमा शुक्रबार राति भएको खेलमा जे.पी. फौलन्करको उत्कृष्ट ब्याटिङ र बलिङको मद्दतले राजस्थानले किंग्स इलेभन पन्जाबमाथि २६ रनको जित दर्ता गर्‍यो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेटको नोक्सानीमा १६२ रन जोडेको थियोे । जसमा राजस्थानका लागि जेम्स फल्कनरले सर्वाधिक ४६ रन, स्टेभेन स्मिथ ३३ र दीपक हुड्डाले ३० रन जोडे ।

त्यस्तै बलिङतर्फ पन्जाबका अनुरित सिंहले ३, मिचेल जोन्सनले २ र अक्षर पटेल तथा सन्दीप शर्माले समान १–१ विकेट लिए ।

जवाफमा १६३ रनको लक्ष्य पछ्याएको पन्जाब २० ओभरै खेल्दै १३६ रनमै समेटियो । पन्जाबका भरपर्दा ब्याट्सम्यान वीरेन्द्र सेहवाग पहिलो ओभरको पहिलो बलमा नै आउट भएपछि पन्जावको धरासायी बनेको थियो । पञ्जाब इलेभन किङ्ग्स पराजित भएपछि बलिउड नायिका प्रिती जिन्टालले दुःख जनाएकी थिइन् ।

210321त्यस्तै पन्जाबका लागि मुरली विजयीले ३७ रन, अक्षर पटेल र जर्ज बेलीले समान २४–२४ रन र डेविड मिलरले २३ रन जोडे । पन्जावका आक्रामक व्याट्सम्यान ग्लेन म्याक्सवेल ७ रन बनाएर पवेलियन फर्केका थिए ।

यसैगरी, पन्जाबको इनिङलाई सस्तैमा समेट्ने क्रममा राजस्थानका अलराउन्डर जेम्स फल्कनर ३ विकेट र टिम साउथीले २ विकेट लिए ।

प्रतिक्रिया