काठमाडौं क्रिकेट लिगमा बालुवाटार विजयी

cricket_ballकाठमाडौं, १६ चैत । ‘ग्रेट हिमालयन स्पोर्टस्’को आयोजनामा प्रथमपटक सञ्चालन भएको काठमाडौं क्रिकेट लिगअन्तर्गत बालुवाटार क्रिकेट क्लबले विजयी सुरुवात गरेको छ ।

आइतबार टुँडिखेल मैदानमा भएको खेलमा बालुवाटारले न्यू भिजन क्लबलाई ११८ रनको भारी अन्तरले हराउँदै आफ्नो पहिलो खेलमा शत्प्रतिशत नतिजा निकालेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको बालुवाटारले प्राविधिक कारणले ४० ओभरमा छोट्याइएको खेलमा पूरै ओभर खेल्दै आठ विकेटको क्षतिमा २३६ रनको विशाल लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा आएको न्यू भिजनले ३२.५ ओभरमै सबै विकेट गुमाउँदै ११८ रन मात्र जोड्न सक्यो ।

‘प्लेयर अफ द म्याच’ भएका रविन जोशीले ६६, सुनिल लामाले ४४, शमशेर चन्दले ४१ तथा जगत क्षेत्रीले १५ रनको योगदान दिएपछि बालुवाटारले विशाल लक्ष्य बनाएको थियो ।

यसको बदलामा न्यू भिजनका खेलाडीको ब्याट राम्रोसँग नचलेपछि लक्ष्य पूरा भएन । बालुवाटारका क्षितिज सिंह र अनुप ओलीले तीन÷तीन तथा रितेश सिंहले दुई विकेट लिएपछि न्यू भिजनका व्याट्सम्यान सस्तैमा आउट भए ।

तीन विकेट पनि लिएका न्यू भिजनका राम चौधरीले २६ तथा रन्जित भटृराईले २३ रन बनाएपनि अन्य ब्याट्सम्यानले उल्लेखनीय रन बनाउन सकेनन् ।

प्रतियोगिताअन्तर्गत सोमबार एसएस इभेन्ट्स क्रिकेट क्लब र धनगढी युनाइटेडबीच टुँडिखेलमा प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया