नेपालगन्जमा टेस्ट ट्युब बेबी सेवा सुरू

Babyनेपालगन्ज, १५ चैत । बाँकेस्थित नेपालगन्ज मेडिकल कलेजमा ‘टेस्ट ट्युब बेबी’ सेवा सुरू भएको छ ।

सेवाको परिवार स्वास्थ्य महाशाखाका निर्देशक डा पुष्पा चौधरी र विशेषज्ञ डा रीता बख्सले सुरू गरेका हुन् ।

कलेजका प्रबन्ध निर्देशक डा सुरेशकुमार कनौडियाका अनुसार सो सेवाका लागि अस्पतालमा आवश्यक संयन्त्र स्थापना गरिएको छ ।

बच्चा हुन नसक्ने दम्पत्तिका लािग यसले राहत दिने जनाइएको छ ।

सेवा लिन चाहनेका लागि एक लाख ६० हजार शुल्क लाग्ने छ । प्रबन्ध निर्देशक डा कनौडियाले काठमाडौंबाहिर यो सेवा पहिलो पटक आफूहरूले सुरू गरेको दाबी गरे ।

प्रतिक्रिया