आइओएफटीसीको एघारौं सस्करण पोटल्याण्डमा

मेरिल्याण्ड । अन्तर्राष्ट्रिय खुल्ला मैत्री तेक्वान्दो च्याम्पियनसिप आइओएफटीसीको एघारौं सस्करण अर्को वर्षको अक्टुबरमा अमेरिकाको ओरिगन राज्यस्थित पोर्टल्याण्डमा आयोजना हुने भएको छ ।

गैरआवासीय नेपाली संघ अमेरिकाको तेस्रो वार्षिक साधरण सभाको अवसरमा आइओएफटीसीको मिति घोषणा गरिएको हो ।

आइओफटीसी हेडक्वाटरका महासचिव क्यारेन ब्ल्याकेज र डाइरेक्टर ग्राण्ड मास्टर दीवाकर मर्हजनद्वारा संयुक्तरुपमा हस्ताक्षरित विज्ञप्तिमा च्याम्प्यिनसिप सन् २०१६ को अक्टुवर १४ र १५ मा पोर्टल्याण्डको ओरिगन कन्भिनेन्ट सेन्टरमा आयोजना गर्ने उल्लेख छ ।

डाइरेक्टर मर्हजनका अनुसार आगामी संस्करणमा ३० भन्दा बढी मुलुकका खेलाडीले भाग लिने अपेक्षा गरिएको छ ।

“च्याम्पियनसिप शुरु भएको १५ बर्ष भइसक्यो । हरेक सस्करणमा सहभागि हुने मुलुक र खेलाडीको सख्या बढ्दै गएको छ ।

पोर्टल्याण्डमा हामीले विश्वभरका खेलाडीलाई निम्ता दिएका छौ । अघिल्ला सस्करणहरुमा भन्दा यस पटक खेलाडीको सख्या पक्कै पनि बढ्ने छ ।”

च्याम्पियनसिपमा नेपालसहित अमेरिका, क्यानडा, यूके, जापान, दक्षिण कोरिया, भारत, अष्ट्रेलिया, पाकिस्तान, कोष्टारिका, मेक्सिको, कतार लगायतका मुलकुको सहभागिता रहनेछ ।

च्याम्पियनसिपमा सिनियरतर्फ महिला तथा पुरुष दुबै तर्फ समान आठ आठ तौल समुहमा प्रतिस्पर्धा गराइने छ । यस्तै जुनियरमा दश दश इभेन्ट रहने छन् । विश्वभरका ६ सय खेलाडीले आइओएफटीसीमा आ आफ्नो चुनौति पस्कने अपेक्षा गरिएको छ ।

सन् २००० मा नेपालबाट शुरु भएको च्याम्पियनसिपको दशौ सस्करण गत वर्ष बेलायतमा भएको थियो । हरेक दुई दुई बर्षमा आयोजना हुदै आएको च्याम्पियनसिप भारत र हङकङमा पनि आयोजना भइसकेका छन् ।

प्रतिक्रिया