खुला ब्याडमिन्टन यसै साता हुने

badmintonकाठमाडौं । गंगटा युवा क्लब गंगबुको आयोजनामा सर्वाधिक नगद पुरस्कार रासी रहेको दोश्रो खुला ब्याडमिन्टन प्रतियोगिता मंसिर २७ देखि सञ्चालन हुने भएको छ । प्रतियोगितामा पुरुष डबलका तीन समुह समाबेश गरिएको छ ।

समूह क मा पहिलोदेखि  १६ औं बर्यतासम्म रहेका राष्ट्रिय खेलाडीले खेल्न पाउने छैनन् । यस समूहका बिजेता जोडीले सर्वाधिक १ लाख, उपबिजेता जोडीले ५० हजार, तेश्रो हुने दुई जोडीले १५–१५ हजार नगद प्राप्त गर्ने छन् । समूह ख मा स्थानिय खेलाडीहरुले मात्र खेल्न पाउने छन् ।
यस समूहका बिजेता जोडीले ४० हजार,उपबिजेता जोडीले २० हजार, तेश्रो हुने दुई जोडीले ५–५ हजार नगद प्राप्त गर्ने छन् ।  समूह ग मा ४५ बर्ष माथीका भेट्रान खेलाडीले प्रतिस्पर्धा गर्न पाउने छन् । यस समूहका बिजेता जोडीले ३० हजार,उपबिजेता जोडीले १५ हजार, तेश्रो हुने दुई जोडीले ५–५ हजार नगद प्राप्त गर्ने आयोजकका बिरेन्द्र (विरे) थापाले जनाएका छन ।
मंसिर २९ गते सम्पन्न हुने प्रतियोगितामा प्रत्येक समूहका उत्कृष्ट खेलाडीले ५–५ हजार नगद सहित आर्कषक ट्रफि प्राप्त गर्ने छन् ।

प्रतिक्रिया