बर्दिया,१३ मंसिर । सोमबारदेखि बर्दियाको ठाकुरद्धारामा सुरु भएको विश्वकप हात्तीपोलो प्रतियोगिताबाट चार टिम सेमिफाइनलमा प्रवेश गरेका छन् । घरेलु टिम टाईगर टप्स सहित चार टिम सेमिफाइनल प्रवेश गरेका हुन् । लिग चरणको अन्तिम दिन बुधबार भएको खेलमा घरेलु टिम टाईगर टप्स टस्करले बेलायतको पक्का चक्कालाई ८–७ ले हराउादै सेमिफाइनलको यात्रा तय गरेको हो । गोल अंकको आधारमा टाइगर टप्स सबै भन्दा अगाडी छ ।
यसैगरी महिला खेलाडीको टिम टाइग्रेस पोलो, स्विट्जरल्यान्डको ईफजी र श्रीलंकाको सिलोन पनि सेमिफाइनलमा पुगेका छन् । सेमिफाइनलका लागि बुधबार टाइग्रेस पोलो र क्यानडाको पोलर वियर्स भिडेका थिए । टाइग्रेसले पोलर वियर्सलाई ६ ४ ले हराउादै सेमिफाइनमा प्रवेश गरेको छ । यि दुबै टिम पहिलो पटक विश्वकपमा सहभागी भएका टिम हुन् ।
त्यसैगरी स्विट्जरल्यान्डको ईएफजीले बेलायतको रस्टी खुकुरीज्लाई १ गोल अन्तरले हराउदै सेमीफाइनलको यात्रा सुनिश्चत गऱ्यो । भने लीग चरणको अन्तिम खेल दक्षिण अफ्रिकाको दी अफ्रिका र श्रीलंकाको सिलोनबिच भएको थियो । दुबै टिमले २ २ गोल गरेपछि खेल बराबरीमा सकिए पनि अंक तालिकाको आधारमा श्रीलंकाको सिलोनले सेमिफाइनलमा प्रवेश पाएको छ ।
लीग चरणका विजेता बिच बिहिबार टाइगर टप्सको खेल मैदानमा सेमिफाइनलका खेल हुनेछन् । भने, फाइनल खेल शुक्रबार हुने आयोजकले जनाएको छ । बर्दिया राष्ट्रिय निकुञ्जसागै जोडिएको जिल्लाको पर्यटकिय क्षेत्र ठाकुरद्धारास्थित कर्णाली लज एवं टाइगर टप्स होटलले हात्तीपोलोको आयोजना गरेको हो । विश्वकप हात्तीपोलोमा नेपाल, स्विीटजरल्यान्डज, बेलायत गरि ८ देशका टिमको सहभागीता रहेको आयोजकले जनाएको छ ।
प्रतिक्रिया