काठमाडौ : न्यु बानेश्वर तेक्वानदो डोजाङले बिहिबार ओलम्पियन तेक्वान्दो खेलाडी विधान लामालाइ सम्मान गर्यो । डोजङका मुख्य प्रशिक्षक अर्जुन भक्त राइले सम्मान गरे । नेया नेपाल अपांग समाजको भवनमा भएको सम्मन कार्यक्रमको सञ्चालन तेक्वान्दो प्रशिक्षक मिनु कार्कीले गरेकी थियन् । कार्यक्रममा तेक्वान्दो प्रशिक्षक राजु थापाले पनि सम्ममान ब्यक्त गरे । सन् १९६६ मा जन्मीएका विधानलामा चार बर्ष नेपाली खेलकुदका स्टारको रुपमा जगजगी मच्चाएका थिए । पहिलो पुस्ताका तेक्वान्दो खेलाडी विधानले सन् १९८६मा भएको बिश्व् च्याम्पियनसीपमा काश्य पदक जितेका थिए । त्यसै काश्य पदकका कारण सन् १९८८ को सोल ओलम्पिकमा सहभागिातको अबसर पाएका उनले काश्य पदक जित्दै ओलम्पिकमा पदक जित्ने पहिलो नेपालीको रुपमा कीर्तिमान कायम गरे । उनले त्यसै बर्ष भएको एसियाडमा पनि काश्य पदक जिते । हाल उनले अमेरिकाको ओरीगन राज्यमा तेक्वान्दो स्कुल सञ्चालन गरेका छन् । (सौस)
प्रतिक्रिया