बैंकको अधिकांश लगानी अनुत्पादक क्षेत्रमा : गभर्नर डा. पौडेल

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले बैंक तथा वित्तीय क्षेत्रको कर्जा लगानी अनुत्पादक क्षेत्रमा बढी भएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बैंकको अधिकांश लगानी अनुत्पादक क्षेत्रमा भएको धारणा राखेका हुन् ।

उनले पछिल्लो समय राष्ट्र बैंकले प्राथमिकतामा राखेका क्षेत्रमै खराब कर्जा अनुपात (एनपीएल) बढेको पनि बताएका छन् । यसले बैंकिङ क्षेत्रले सो क्षेत्रमा कर्जा प्रवाह गर्न कन्जुस्याईं गर्ने गरेको अभ्यास सुनाए । यस्तै, उनले अहिले बैंकको निक्षेप र विदेशी मुद्राको सञ्चिति ऐतिहासिक रुपमा बढेको सुनाए । उनले राष्ट्र बैंकले सार्वजनिक गर्ने मौद्रिक नीतिलाई काम गर्ने अवसर दिनुपर्ने धारणा पनि राखे ।

कार्यक्रममा उनले विगतमा बैंक राम्रोसँग चल्ने र सेयरधनीलाई लाभांश खुवाउने मात्रै रहेको भए पनि पछिल्लो समय समग्र अर्थतन्त्रलाई मध्यनजर गर्दै अगाडि बढ्ने गरेको अभिव्यक्ति दिए । उनले राष्ट्र बैंकको एक्लै प्रयासले काम नहुने भएकोले अर्थतन्त्र उकास्न सबैको भूमिका महत्वपूर्ण हुने धारणा राखे ।

प्रतिक्रिया