दोस्रो संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा पहिचानबारे विभिन्न प्रकारका अनावश्यक हो हल्ला र भाषणहरु बग्रेल्ती सुन्न र पढ्न पाइरहिएको छ । ज्ञानसाग शष्लेसीत प्रज्ञाको कुरो त परै राखौ यहाा लाजको पसारो त के भइरहेको छ भने विर नेतागण र महान वृद्धिजिवीहरुलाई समेत पहिचानका बारेमा ज्ञान नभएको पाइयो । नेपाली समाजमा रहेका नागरिकका वारेमा वहुपहिचान र एकल पहिचानको विषयमा वेतुकका अलाप विलाप र लिखितमहरु देख्न सुन्न पाउदा नेपाली जनता तिन छक्क परिरहेका छन् । एउटा अनौठो कुरा पहिचान थोर्पने कुरा, अर्काे विषय न्वारन गर्ने गराउने कुरा, तेस्रो हो शामथ्र्यका विषय ।
नेपाली जनताको आफ्नो पहिचान सामाजिक, सांस्कृतिक, धार्मिक रुपमा, ऐतिहासिक धरातलिय यर्थातमा कसैले तोकिरहनु आवश्यक छैन । कोही पनि ज्योतिषी, पुरोहित, फेदाङ्गमा दोवा, लामा, पोप, पास्टर र मुल्लाहा वन्न आवश्यक छैन । किनभने ऐतिहासीक रुपमा चिर परिचित नेपाली नागरिकहरुको पहिचान वनी सकेको छ । कसैले पनि वहुपहिचान दिन आवश्यक छैन । साथै कसैले पनि एकल पहिचान पनि दिइरहनु पर्दैन । किनभने नेपाली समाजको वनोट तिन खालका मानव नसलका जातिहरुबाट वनेको छ । यो समाज हार्मोनियमको रिड जस्तो हार्मोनाइज छ । यो समाजलाई विथोलेर जातिय दङ्गा फसादमा कोही कसैले लाने पर्यत्न गर्दछ भने यसको जवाफ नेपाली जनताले राम्ररी दिनेछन् ।
वास्तवममा हामीले विवेकको विर्कोे खोलेर निर्णय गर्ने हो भने वहुपहिचान र एकल पहिचानका विषयमा कुराकानी गर्न आवश्यक छैन । किनभने नेपाली नागरिकको आदिवासीय जनजातिय पहिचान र अन्य ककिसियन मानव वस्तीको पहिचान घाम जतिकै छर्लग भई सकेको छ । भन्नुको तात्पर्य यो हो की को मगर, को वाहुन, को राई लिम्वु, को क्षेत्री, को थारु, को झा यादव, को तामाङ्ग, मगर, को दलित, को नर, को नारी कसैले पनि औल्इरहनु पर्ने विषय हुर्दै होइन । चुरोकुरो त यो हो की कुन कुन जात जाति विगतका राज्य व्यवस्थाबाट शोषित भए र नसलको आधारमा दमनमा परे भन्ने विषय चाहि प्रमुख हुन आउछ । यस्ता विषयलाई ओझेलमा पारेर वहु र एकल पहिचानको विषयमा अल्मल्याएर जातिय उत्पीडनका विषयलाई ओझेलमा पार्ने प्रपञ्च मात्र हुन । नेपालमा उत्पीडनमा परेका जात जातिका विषयलाई आगामी अग्रगामी नयाा संविधानमा सम्वोधन गर्ने विषय चााही प्रमुख हुन आउछ । शासक जाति को हुन अथवा को थिए ? शासित जाति को थिए ? यहि कुरा चााही आजको प्रमुख विषय होइन र ? भाषिक, सांस्कृतिक, धार्मिक आधारमा को कसरी दमनमा परेका थिए भन्ने विषय प्रमुख होइन र ? कुन कुन भाषाले राज्यको श्री प्राप्त गरी अन्य भाषा माथि दमन चक्र चलायो यो विषय चााही प्रमुख होइन र ? आदिम कालदेखिको मानी आएका नेपाली नागरिकका धर्म संस्कृतिलाई शासकद्धारा कसरी दमन गरियो प्रमुख प्रश्न यो होइन र ? गुम्वाहरु कति भत्काइए, मस्जीदहरु कति भत्काइए इश्वरको नाममा मन्दिरहरु कति निर्माण भए यहाको आदिम नागरिकहरुका उर्वरा भूमीहरुलाई गुठीमा परिणत गरि ति जनतालाई सो भूमीबाट विस्थापीत गर्ने काम भएको हो की होइन ? यी सव विषय महत्वपूर्ण कुरा हुन की वहु र एकल पहिचानको कुरा प्रमुख हो । सतहमा आम नेपाली जनतालाई अलमलाउने काम अव कसैले पनि गर्न वेकार हुनेछ । किनभने आम नेपाली जनता २०९७ सालका, २०१७ सालका छैनन् । आ–आफ्नो पहिचान स्पष्ठ ढङ्गले वताउने सक्ने क्षमता राख्दछन । कोही कसैले वहुपहिचान र एकल पहिचान दिइरहन पर्दैन ।
नेपाली जनता आ–आफ्नो पहिचानमा स्थापित भईसकेका छन् । माथि उल्लेख गरिसकीएको छकी नेपाली समाज हार्माेनाइज सोसाइटी हो । यो समाजलाई कसैले पनि विथोल्न र विघटन गर्न सक्दैन । नेपाली नागरिकले सम पहिचानमा आ–आफ्नो अस्तीत्ववोध गरिसकेका छन् । कोही कसैले पाठ पढाइ रहन आवश्यक छैन । किनभने तल्लो घर माथिल्लो घर, गैरी घरे डााडा घरे सवै जेठा कान्छाहरु, साइली माइलीहरु आ–आफ्नो पहिचान भित्र सगौरव पहिचान साथ वााचीरहेका छन् । कसैले पनि तपाइको यो यो पहिचान हो, यो यो होइन भनिरहन आवश्यक छैन । एक शब्दमा भन्नु पर्दा वहुपहिचान र एकल पहिचान कसैले पनि नेपाली नागरिकलाई माला जस्तो लगाइदिन आवश्यक छैन । हामीले सुन्ने गरेका छौं कि डाडाघरे मुक्तान जेठो, होम्तोको साइला दाई, सिमलवोटे कोइराला वाजे, आमवोटे साइला पाण्डे आदि इत्यादी । के यी नाम थर सम्वोधन भइरहेको नेपाली नागरिकहरु आजका नेपाली समाज विथोल्न खोज्ने वहुजातिय महान मानवहरुको र एकलजातिय पहिचानको खोजी गर्ने महान विचारकहरुको दिल दिमागबाट उत्पन्न भएका हुन् त ? यसो होइन । नेपाली जनताले एक आपसमा आ–आफ्नो पहिचान र अस्तीत्वको मान्यता दिएको सुन्दर अभिव्यक्ति हो । एक आपसमा प्रेम पूर्वक पहिचान र अस्तीत्ववोध गरिएको आत्मीक अभिव्यक्ति हो । त्यसकारण कसैले पनि एकल र वहुपहिचान दिइ रहन पर्दैन । नेपाली जनताले एकल र वहुपहिचान माग गरेका छैनन् । गर्ने वाला पनि छैनन् । नेपाली जनताले माग गरेका विषय त यो हो कि जातिय आधारमा जुन उत्पीडन भएको छ सो कुरो यर्थातमा ल्याई मुक्तिको ढोका खोलीयोस् भन्न चाहन्छन् । जातिय आधारमा भइरहेको घृणित, शोसण, दमन र उत्पीडनको अन्त होस् भन्ने नेपाली जनता चाहान्छन् ।
शासक वर्ग हुनु आर्थिक सम्वन्धको विषय हो । शासक जाति हुन्छ । यो भाषा, धर्म र संस्कृति साथै उच्च जातिय अहंकारमा वेवस्थीत भएको हुन्छ । यो दुवै पक्ष नेपाली राज्य सत्तामा स्पष्ट ढङ्गले चलखेल को अस्तित्वमा छ । यस कारण नै जातिय पहिचान मात्र आवश्यक छ । वहुपहिचान र एकल पहिचानको आवश्यकता छैनब । आवश्यकता हो उत्पीडनमा परेका जातिहरुलाई (आदिवासी/जनजाति) उन्मुक्ति पाउने । भाषिक सांस्कृतिक, धार्मिक रुपमा के कति दमनचक्रमा परे सोको लेखाजेखा गरी सहज ढङ्गले निकास दिनु आजका जिम्मेवार पार्टी नेतृत्वको काधमा आइपरेको जिम्मेवारी हो । यस विषयलाई आगामी संविधानमा ठोस आकारमा ल्याएर संम्वोधन गर्न जरुरी छ । यसरी सम्वोधन गर्ने ऐतिहासीका कार्यभारका विषयमा उच्च जातिय अहंकारीहरुको घैटोमा घाम लागेको छैन । उनीहरु के चित्कार गरिरहेका छन् भने देश नरहने भो, देश टुक्रिने भो कुनै एउटा व्यक्तिले निर्माण गरेको राष्ट्र खरानी वनाउने भयो । ओहो यो कस्तो विवेक र वृद्धिको करामत हो । उत्पीडनमा परेका नागरिकलाई उत्मुक्ति दिने काम संघिय राज्य व्यवस्थाबाट हुने विषयलाई कसरी देश ढुब्छ ? नेपाली नागरिकहरुलाई अधिकार सम्पन्न गराउदा कसरी राष्ट्र टुक्रिन्छ ? मानवजातिको इतिहासमा कहाा यस्तो भएको छ ? यो सााचो कुरा हो अधिकारबाट बञ्चित जनता भए भने ढिलोचााढो विद्रोह चााही अवश्य हुन्छ ।
स्थानिय जातिय अहंकारी चााही के भनी ठान्दछन भने एकल पहिचान मात्र मुक्तिको कडी हो । ति तत्वले बुझ्नु पर्ने प्रश्न के हो भने एकल पहिचानको माला लगाउदैमा कुनै पनि जातियले मुक्ति प्राप्त गर्दैन । यसको निम्ती आगामी वन्ने अग्रगामी नयाा संविधानमा जातिय दमन र उसको मुक्तिको बुादागत यर्थात संविधानमा उल्लेन हुन आवश्यक छ । भन्नुको तात्पर्य एकल वहुपहिचान होइन की राज्य शत्ताले जन्माएको जातिय समस्यालाई अव ऐतिहासिक रुपमा सम्वोधन गर्न आवश्यक छ । यसो गरिएको खण्डमा मात्र संघियताको यर्थाथवोध हुनेछ ।
प्रतिक्रिया